Posts

Showing posts with the label Discussion/Newsline

SC stays writ demanding separate ballot papers

Image
    KATHMANDU:  The Supreme Court today refused to issue an interim order in response to a writ demanding printing of separate ballot papers for the elections to the House of Representatives and State Assemblies. A division bench comprising judges Deepak Raj Joshi and Purushottam Bhandari refused to entertain the writ, citing the printing of ballot papers of the proportional representation for the first-phase election has already commenced and it held no meaning to issue the order at this backdrop. Twin elections have been scheduled for November 26 and December 7 in two phases and the printing of PR ballots commenced on October 3, the court cites in the verdict. Rastriya Janata Party Nepal Vice Chair and parliamentary party leader Sarbendranath Shukla on October 8 moved the apex court, challenging the EC decision to use the same ballot paper towards PR electoral system in both elections. Earlier, in the hearings on the writ held on October 10, the Supreme Court ...

PM Deuba reshuffles cabinet, Maoist Ministers without portfolios

Image
KATHMANDU: Prime Minister Sher Bahadur Deuba on Tuesday has reshuffled his cabinet. PM Deuba, who exerted pressure on CPN-Maoist Centre Chairman Pushpa Kamal Dahal to ask resignation from his ministers, adjusted them without any portfolios in the incumbent government. Deuba has taken Home Affairs, General Administration, Ministry of Livestock Development from Maoist Ministers. He has also appointed Rastriya Prajatantra Party Chairman and Deputy Prime Minister Kamal Thapa as Minister for Energy today itself. Rastriya Prajatantra Party-Democratic leader Deepak Bohara, who was appointed as Minister for Science and Technology has been assigned the duties of Minister for Health. PM Deuba appointed RPP leaders Jayant Chand as Minister for Supplies, Dilanath Giri as Minister for Urban Development, Bikram Bahadur Thapa as Minister for Women, Children and Social welfare. Earlier, these Ministries were headed by CPN-Maoist Centre leaders. Meanwhile, PM Deuba appointed Bhaskar Bhad...

Thamel to be ‘vehicle free’ from October 22

Image
KATHMANDU: Thamel, the main tourist hub of Kathmandu will be made vehicle-free from October 22. The Metropolitan Traffic Police Division (MTPD) and Thamel Development Council informed that the general vehicles apart from most essential ones would be strictly prohibited to enter the Thamel area. Speaking at a press conference organised by the MTPD, Deputy General of Police (DIGP) Sarbendra Khanal informed that vehicles except most essential ones such as drinking water, ambulance, tourism and security, would not be allowed to move to the area. “We are putting in place a pass system for the most essential vehicles to move to and from Thamel area”, Khanal added. “The vehicles-permitted can only go to Thamel from Tridevi Marg; taxi, microbus, van and motorcycles will not be permitted to stop rampantly. Action will be taken against the vehicle breaching one way traffic rule, traffic signs will be kept in different places and vehicles will be arranged as per the need of the hotels ...

Democracy challenged by leftist alliance: PM Deuba

Image
Prime Minister Sher Bahadur Deuba today said that democracy is challenged by the alliance forged among some leftist parties. The PM said this while addressing the ‘national strategic training’ organised by Nepal Students Union, the sister organisation of the Nepali Congress in the Capital today, in the run-up to the House of Representatives and State Assemblies elections. He stressed that it was necessary to make the Congress victorious in the elections to safeguard democracy. “The communists are trying to establish communism by using the democratic system and fooling the people. It is necessary for all the democrats to be alert about this,” he said. Stating that the country itself would be in peril if democracy is threatened, PM and Nepali Congress president, Deuba called on all the Nepali Congress people to be united to defend democracy. “Finishing off democracy means the end of the Nepali Congress,” he added. Party senior leader Ram Chandra Poudel said since the Congress ...

ए लेभलको बढ्दो आकर्षण

ए लेभलको बढ्दो आकर्षण - सुधीरकुमार झा जेनरल सर्टिफिकेट अफ एजुकेसन (जीसीई) क्याम्ब्रिज इन्टरनेसनल एक्जामिनेसन (सीआई) बोर्डद्वारा सञ्चालन गरिएको हो । यो युनिभर्सिटी अफ क्याम्ब्रिजकै एउटा अंग हो । जीसीईले बितेका ५० वर्षदेखि विश्वका करिब १ सय ७० देशमा लगभग ७० विषयमा एडभान्स लेभल क्वालिफिकेसन (जसलाई ए लेभल क्वालिफिकेसन पनि भनिन्छ) प्रदान गर्दै आएको छ । नेपालबाट एसएलसी वा विश्वको कुनै पनि बोर्डबाट एसएलसी समकक्ष परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले ए लेभल क्वालिफिकेसनमा प्रवेश पाउन सक्छन् । विद्यार्थीले उपलब्ध गराइएकामध्ये अंग्रेजी भाषा साहित्यबाट एउटा र बाँकी विषयबाट आफूले चाहेका कम्तिमा तीनवटा विषय लिन पाउने प्रावधान छ । ए लेभलको पाठ्यक्रम दुई भागमा विभाजित छन् । एउटालाई एडभान्स सब्सिडिअरी (एएस) लेभल भनिन्छ । यसमा पहिलो आधा पाठ्यक्रम समावेश गरिएको हुन्छ । अर्काे आधालाई ए–टु सिलेवस भनिन्छ । यसले बाँकी आधा पाठ्यक्रम संँगालेको हुन्छ । विद्यार्थीले सम्पूर्ण ए लेभल क्वालिफिकेसन पाउन दुई वर्षमा दुई पटक परीक्षा दिन सक्छन् भने दुई वर्षको अन्तमा एकै पटक एउटै परीक्षा पनि दिन सक्छन्, साथसाथै...

३८ लागेकी करिनाबारे रोचक तथ्य

Image
३८ लागेकी करिनाबारे रोचक तथ्य बलिउड अभिनेत्री करिना कपुर बिहीबारदेखि ३८ वर्षमा लागेकी छिन् । सन् १९८० सेप्टेम्बर २१ मा मुम्बईमा जन्मिएकी उनले सन् २००० मा ‘रिफ्युजी’ फिल्मबाट अभिनय यात्रा थालेकी हुन् । डेब्यु फिल्म फ्लप भएका कारण कतिपयले उनी अभिनयमा जम्न नसक्ने आकलन गरेका थिए । तर, उनको दोस्रो फिल्म ‘मुझे कुछ कहेना है’ हिट भयो । त्यसपछि उनी लगातार अभिनयमा सक्रिय छिन् । सन् २०१२ मा अभिनेता सैफअली खानसँग बिहे गरेकी करिना एक छोरा तैमुरकी आमा हुन् । करिनाबारे भारतीय अनलाइनले केही रोचक तथ्य तयार पारेका छन् : -अभिनेता रणधीर कपुर र बबिता कपुरकी कान्छी छोरी करिनाको नाम लियो टोल्सटायको चर्चित किताब अन्ना केरेनिनाबाट प्रभावित छ । गर्भावस्थामा बबिताले सो किताब पढेकी थिइन् । पछि छोरी जन्मिइन् । त्यही किताबको नामबाट प्रभावित भई बबिता र रणधीरले ती बच्चीको नाम करिना राखेका हुन् । -करिना फिटनेसका मामलामा निकै सक्रिय छिन् । उनले एकपटकमा सूर्य नमस्कारको ५० सेट लगाउने बताइन्छ । त्यति मात्रै होइन, करिना योगको कुनै पनि आसनमा आधा मिनेट होल्ड हुन सक्छिन् । -करिनाले सन् २०१० देखि सात क्यारेटको हीराक...

नगराइनमा काँग्रेस, भंगहा र एकडरामा राजपा, मिथिलामा एमाले विजयी

 नगराइनमा काँग्रेस विजयी जनकपुरधाम,  असोज ७ गते ।  स्थानीय तहअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी हुनुभएको छ । सो दलका नगर प्रमुखका उम्मेदवार परमेश्वर यादव पाँच हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी साह चार हजार ८४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेकपा ९एमाले०का रामबाबु पंजियारले चार हजार ७१ मत र राधादेवी यादवले चार हजार १८९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत दानीकान्त झाका अनुसार सो नगरपालिकामा नेपाली काँगे्रस वडा नं २, ३, ५, ६ र ९ तथा एमाले वडा नं १, ४, ७ र ८ मा विजयी भएका छन् । भंगहा र एकडरामा राजपा विजयी गौशाला,  असोज ७ गते ।  महोत्तरी जिल्लाका थप दुई स्थानमा राजपा नेपालले विजयी हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह चार हजार ४७८ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उपप्रमुखमा सोही दलकी गंगाकुमारी सिंह दनुवार चार हजार ३९६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँहरुका ...

प्रदेश २ मा काँग्रेसको अग्रता

Image
काठमाडौँ, असोज ७ गते । प्रदेश २ को स्थानीय निर्वाचनको शुक्रबार राति १० बजेसम्म प्राप्त नतिजामा नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ । प्राप्त नतिजाअनुसार १३६ स्थानमध्ये काँग्रेसले २८, नेकपा (माओवादी केन्द्र)ले १५, सङ्घीय समाजवादी फोरम नेपालले १४, राष्ट्रिय जनता पार्टी नेपालले १३, नेकपा (एमाले)ले आठ, नेपाल लोकतान्त्रिक फोरमले तीन र नेपाली जनता दलले एक स्थानमा विजय हासिल गरेका छन् । मतगणना जारी रहँदा काँग्रेसले १८ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले १०, फोरम नेपालले १७, राजपा नेपालले १२, एमाले ९, लोकतान्त्रिक फोरमले एक स्थानमा अग्रता लिएको हाम्रा जिल्ला समाचारदाताहरूले जनाएका छन् । प्राप्त नतिजाअनुसार नेपाली काँग्रेसबाट सर्लाही बसबरिया गाउँपालिकाको प्रमुखमा रामआयोध्या यादव र उपप्रमुखमा रीनाकुमारी यादव, रौतहट गढीमाई नगरपालिकाको प्रमुखमा श्याम यादव र उपप्रमुखमा शुभद्रा गुप्ता, चन्द्रपुर नगरपालिकाको प्रमुखमा रामचन्द्र चौधरी र उपप्रमुखमा रामरती चौधरी (एमाले), धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा योगेन्द्र पञ्जियार र उपप्रमुखमा रचना श्रेष्ठ, धनुषाधाम नगरपालिकाको प्रमुखमा ...

नेपाली रेल : बिहान काँकडभिट्टामा चिया, गड्डाचौकीमा भात !

Image
 नेपाली रेल : बिहान काँकडभिट्टामा चिया, गड्डाचौकीमा भात ! पूर्व पश्चिम रेल छुकछुक  गुडेको सपना देखे ....... चलचित्र छक्कापञ्जाको यो गीत युट्युबमा झण्डै दुई करोड पटक हेरिएको केही नेपाली गीतमध्ये पर्छ । गीतमा भनिएझैँ नेपालीका लागि रेल अझै पनि सपनाकै विषय हो । विश्वका दुई सर्वाधिक रेल्वे नेटवर्क भएका मुलुक भारत तथा चीनको बीचमा रहेर पनि नेपाल रेल सुविधाविहीन मुलुक हो । ९० वर्ष लामो रेल इतिहास भए पनि नेपालमा रेल अवस्था रग्ण मात्र होइन लगभग अस्तित्वमा नै नभएको पनि भन्न सकिने अवस्था छ । सम्भवतः नेपाल विकासमा पछाडि पर्नुुमा अन्य धेरै कारक तìवमध्ये रेल सुविधाका अभाव पनि हो जुन सामान ढुवानी तथा यात्रु ओसापसारका लागि सडक यातायात तथा हवाई यातायातको तुलनामा निकै सस्तो तथा सहज माध्यम हो । शायद यिनै तथ्यलाई हृदयङ्गम गर्दै सरकार तथा राजनीतिक दलहरूले मुलुकमा रेलमार्ग (घोषणापत्रमै सीमित भए पनि) को चर्चा पाउन गर्न थालेका छन् । अझ काठमाडौँमा मोनोरेल चलाउने तथा आफ्नै कार्यकालको समाप्तिमा यही रेल चढेरै बिदा हुने सार्वजनिक अभिव्यक्ति पनि काठमाडौँका मेयर विद्यासुन्दर शाक्यले दिइसकेका छन् । य...

प्रेरक प्रसंग : अनावश्यक रकम चाहिँदैन

Image
प्रेरक प्रसंग : अनावश्यक रकम चाहिँदैन स्वतन्त्र भारतका दोस्रा प्रधानमन्त्री लालबहादुर शास्त्रीको जीवन अत्यन्त सरल थियो । प्रधानमन्त्री बनिसकेपछि पनि उनको जीवनको आदर्श उही थियो, उनमा कुनै परिवर्तन आएको देखिन्नथ्यो । साधारण वर्गबाट राजनीतिमा प्रवेश गरेर उच्च सफलता पाएका वा उच्चतम पदमा पुग्न सफल भएका शास्त्रीको जीवन हेर्दा सामान्य मानिसको जस्तै सरल थियो । स्वतन्त्रता संग्रामको समयमा लाला लाजपत रायले ‘सर्भेन्टस् अफ इन्डिया सोसाइटी’ स्थापना गरेका थिए । यस संस्थाको उद्देश्य गरिब पृष्ठभूमिबाट आएका स्वतन्त्रता सेनानीलाई आर्थिक सहायता प्रदान गर्नु थियो । सो संस्थाबाट सहयोग प्राप्त गर्ने स्वतन्त्रता सेनानीमध्ये शास्त्री पनि एक थिए । सोसाइटीले शास्त्रीको घरखर्च चलाउन सघाउने उद्देश्यले प्रतिमहिना ५० रुपैयाँ सहयोग गर्दै आएको थियो । त्यतिखेर शास्त्री जेलमा थिए । उनले जेलबाटै पत्नी ललितलाई पत्र लेखेर सोसाइटीबाट प्रत्येक महिना प्राप्त हुने ५० रुपैयाँले खर्च चल्छ कि चल्दैन भनेर सोधे । उनकी पत्नी ललिताले पनि पत्रबाटै उनको प्रश्नको जवाफ दिइन् । उनले सो रकम आफ्नो परिवार चलाउन पर्याप्त भएको बताइन् । ...

रौतहटमा मतदानको विषयलाई लिएर झडप , प्रहरीद्धारा हवाइ फायर

Image
रौतहटमा मतदानको विषयलाई लिएर झडप , प्रहरीद्धारा हवाइ फायर जिल्लाको मौलापुर नगरपालिका स्थित गमहरिया मतदान केन्द्रमा मतदानको विषयमा विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि त्यहाँ झडपको स्थिति भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए । दलका प्रतिनिधिले मतदातालाई भोट हाल्न सिकाएको विषयलाई लिएर विवाद उत्पन्न भएको स्थानीयले बताए । विवाद बढ्दै गएपछि सुरक्षाकर्मीले सबै प्रतिनिधिलाई बाहिर जान आदेश दिएका थिए । उल्टो सुरक्षाकर्मीमाथि जाइलागेपछि त्यहा झडपको स्थिति भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायर गरेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए । प्रहरीको हवाइ फायरपछि भिड तितरवितर भएको थियो । घटनाको करिब १० मिनेटपछि फेरि दलका प्रतिनिधिलाई छलफलमा बोलाएर मतदान सुचारु गरिएको पोखरेलले जानारी दिए । S: Nayapatrika

प्रदेश नम्बर २ मा आज मतदान ः ६६ सय २७ पदका लागि ३७ हजार उम्मेदवार मैदानमा

Image
प्रदेश नम्बर २ मा आज मतदान ः ६६ सय २७ पदका लागि ३७ हजार उम्मेदवार मैदानमा प्रदेश नम्बर २ का आठ जिल्लामा आज स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदै छ । १३६ स्थानीय तहका एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्वाचन हुनेछ । स्थानीय निर्वाचनमा ६६ सय २७ पदका लागि ६ गुणा बढी ३७ हजार दुई सय ३६ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये १४ हजार तीन सय ३७ महिला र २२ हजार आठ ६१ पुरुष छन् । निर्वाचन आयोगका अनुसार नगरप्रमुख तथा अध्यक्षमा पुरुष १७ सय नौ र महिला ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नगर उपप्रमुख र उपाध्यक्षमा भने महिलाको उम्मेदवारी बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा एक सय ९७ पुरुष र नौ सय १९ महिला उम्मेदवार छन् । आयोगको तथ्यांकअनुसार वडाध्यक्षमा पुरुष आठ हजार ५२ र महिला दुई सय २३ जना उम्मेदवार छन् । हालसम्म आठजना निर्विरोध भइसकेका छन् । २१ सय ६६ मतदानस्थलमा ३५ सय ७८ मतदान केन्द्र रहनेछन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ३१ हजार पाँच सय कर्मचारी परिचालन गरिएको छ । निर्वाचन आयोगले बाढी र डुबानबाट उत्पन्न पीडालाई बिर्सेर एक दिन राष्ट्रका...

आज है कत्ल की रात ।

Image
कत्ल की रात, आज की रात सभी का गर्दन पैसे की चक्कू से कटेगा बिम्मी शर्मा, (व्यग्ँय) आज है कत्ल की रात । मतदाताओं की ईमान और विवेक को पैसे कि खंजर से लहुलुहान करने की रात है आज । यह रात कालरात्री से भी ज्यादा है । क्यों कि आज के रात ही तय हो जाएगा कि कल के स्थानीय तह के निर्वाचन में कौन सा दल और उसका उम्मीदवार जितेगा ? महिनों से बकरी औ मुर्गा कटते आए मतदाता आज अपने उम्मीदवार के लिए हलाल होगें । आखिर में पैसे में बिकने वाले मतदाता की उम्र और इज्जत एक मुर्गे से ज्यादा नहीं होती । ईसी लिए आज जश्न की रात भी है । कई उम्मीदवारों के चेहरें पे हवाइंया उड रही है तो कई बिजयी भाव में मुस्कुरा रहे हैं । जिन उम्मीदवारों के पास नोट कि गड्डी है मतदाता का मन और मत उन्ही के पास है । आज की रात ही मतदाता महिलाओं के तन को साडी से ढका जाएगा और उनकी अंटी में चुपके से पैंसे खोंसे जाएगें । और कल यही साडी पहन कर महिलाएं वोट दे कर उम्मीदवारों का बेडा पार लगाएगी । पुरुषों को पैसा और मोबाइल दे कर खुश किया जाएगा । और कल खुशी, खुशी अपने मत को यह अपने ताडनहार उम्मीदवारों के लिए विदा करेगें । पैसे के आगे भगवान ...

यस्ता छन् अम्बाका फल र पात उपयोगीता

Image
यस्ता छन् अम्बाका फल र पात उपयोगीता डा. शेषराज आचार्य वरिष्ठ आयुर्वेद चिकित्सक    मध्यपहाडी क्षेत्रमा पाइने अम्बा अत्यन्त स्वादिलो फल हो । अघाउन खाइने यो फल आयुर्वेदिक औषधि पनि हो । फल मात्र नभएर यसको पात पनि बहुउपयोगी औषधिका रूपमा प्रयोग गरिन्छ । अम्बाको पातका औषधीय गुण झाडापखाला हुँदा ३० ग्राम अम्बाको पात र एक मुठी चामलको पिठोमा दुई गिलास पानी हालेर उमाली दिनको दुईपटक पिउँदा निकै सन्चो हुन्छ । मधुमेहका रोगीलाई अम्बाको पातबाट बनेको चिया फाइदाजनक मानिन्छ । यसले रगतमा चिनीको मात्रा कम गराउँछ । अम्बाको पातले कार्बोहाइड्रेडमा पाइने स्टार्च चिनीमा बदलिने प्रक्रियालाई रोक्ने हुँदा तौल घटाउन मद्दत पुग्छ । डाइजेस्टिक इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्छ । यसले पाचन प्रणालीमा सहयोग पुग्छ । अम्बाको पातको रस पिउँदा कपाल बलियो हुनुका साथै छाला नरम बनाउँछ । अम्बाको पातमा एन्टिसेप्टिक गुण पाइने हुनाले डन्डिफोर हटाउन मद्दत गर्छ । अम्बाको ताजा पातलाई पिसेर डन्डिफोर भएको ठाउँमा लगाउनुपर्छ । नियमित रूपमा यसको प्रयोगबाट बिस्तारै डन्डिफोरको समस्याबाट मुक्ति पाउन सकिन्छ । ...

अब माओवादीले वैधानिक जनसरकार चलाउँछ : प्रचण्ड

Image
अब माओवादीले वैधानिक जनसरकार चलाउँछ : प्रचण्ड नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा स्थानीय जनसरकार चलाएको माओवादीले अब वैधानिक रुपमै जनसरकार चलाउने घोषणा गरेका छन्। ‘रुकुममा माओवादीले पहिला नै जनसरकार चलाएको हो। अब चिज हात परेको छ, रुकुम फेरि माओवादीको किल्लाको रुपमा स्थापित भएको छ ’, शनिबार पूर्वी रुकुमको रुकुमकोटमा आयोजित माओवादी जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘त्यसैले अब माओवादीले रुकुममा वैधानिक रुपमै जनसरकार चलाउँछ।’ रुकुमको पूर्वी क्षेत्र छुट्टै जिल्ला भएकोमा स्थानीयवासीलाई बधाई दिँदै प्रचण्डले रुकुमका सबै तहमा माओवादीले विजय भएको भन्दै खुशी व्यक्त गरे। ‘रुकुम जिल्लाका सबै तहमा माओवादीले विजयी हासिल गर्यो। यसमा तपाईहरुलाई बधाई छ’, प्रचण्डले भने, ‘यसको उन्माद चढ्यो भने चिप्लिन सकिन्छ, नचिप्लिइकन काम गर्न सबैलाई अनुरोध गर्दछौँ।’ प्रचण्डले पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टी भएको तर उन्मादका कारण दोस्रो संविधानसभाको चुनावमा तेस्रो पार्टी हुनुपरेको स्वीकार गरे। ‘हामी ०६४ ...

१० हजार नेपालीसँग ४० अर्बको अवैध बिटक्वाइन

Image
१० हजार नेपालीसँग ४० अर्बको अवैध बिटक्वाइन -सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग, -कालोधन बिटक्वाइनमा लगानी, -हुन्डीको नयाँ तरिका बिटक्वाइन, -ह्याकरले बढाए बिटक्वाइनको भाउ नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ । ‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्वाइन रहेको थाहा भएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले पनि बिटक्वाइन किनेर राखेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।’ राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीहरू चलाउनु गैरकानुनी रहेको सूचना निकालेको थियो । केही नेपालीले इन्टरनेटको माध्यमबाट बिटक्वाइनको कारोबार गरेको बुझिएको भन्दै राष्ट्र बैंकले बिटक्वाइनको कारोबार नग...

UK threat level raised to critical after subway bombing

Image
UK threat level raised to critical after subway bombing LONDON: A homemade bomb planted in a rush-hour subway car exploded in London on Friday, injuring 29 people and prompting authorities to raise Britain’s terrorism threat level to “critical,” meaning another attack may be imminent. The early morning blast sparked a huge manhunt for the perpetrators of what police said was the fourth terrorist attack in the British capital this year. Prime Minister Theresa May, acting on the recommendation of the Joint Terrorism Analysis Center, raised the country’s threat level from “severe” to “critical” — its highest possible level. May said military troops would augment the police presence in a “proportionate and sensible step.” Earlier, May said the device had been “intended to cause significant harm.” Still, to the relief of authorities and Londoners, experts said the bomb — hidden in a plastic bucket inside a supermarket freezer bag — only partially exploded, sparing the city muc...

Govt urges to mark Constitution Day in a grand manner

Image
Govt urges to mark Constitution Day in a grand manner KATHMANDU: Minister for Information and Communications Mohan Bahadur Basnet today said that the constitution was being implemented effectively. “The local elections have ensured the ‘grand implementation’ of the constitution,” he said adding that the preparation for the local level election in Province 2 was complete, while the preparations for the elections of provincial parliament and of House of Representatives were going on in full swing. “Country is now resonated with the election atmosphere,” he underscored. Speaking with the officials of the subordinate agencies in connection with the imminent Constitution Day (Asoj 3), the Minister urged everyone to mark the Constitution Day as a grand festival. Minister Basnet, who is also the subcommittee coordinator under the Constitution Day Main Celebration Committee, informed that government was marking this Constitution Day in a different and splendid manner. “For this, c...

शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

Image
शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार मिर्गौला झिकिएपछि पनि दलालले प्रतिबद्धताअनुसार रकम नदिएपछि बोले पीडित – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरिरहेको छ । २० पुस ०७३ मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको मिर्गौला निकालेर बिक्री गरिएको हो । गोरखा घर भएका शम्भुलाल श्रेष्ठमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । कागजी प्रक्रिया पूरा गर्न दलालहरूले खत्रीको नक्कली नागरिकता बनाएका थिए । पोखरामा घर निर्माणको काम गर्ने खत्रीलाई स्थानीय नारायण जिसीले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, ऋणमा गाडी र जागिर उपलब्ध गराउने आश्वासन दिएर काठमाडौं ल्याएका थिए । जिसीले उनलाई भक्तपुरका प्रकाश बस्नेतको जिम्मा लगाए । उनले मृगौला प्रत्यारोपण गरिएका शम्भुलालसँग चिनजान गराए । मृगौला झिकिनुअघिको चार महिन...

यी हुन् ग्यास्ट्रिक च्वाट पार्ने घरेलु उपाय

Image
यी हुन् ग्यास्ट्रिक च्वाट पार्ने घरेलु उपाय आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन् । ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ । ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो भन्दा पनि केही फरक पर्दैन । धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाइन्छ हिजोआज । मानिस खान नपाएरभन्दा पनि खान नजानेर रोगी छ हिजोआज । त्यसो भए के गर्ने त ? यदि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या च्वाट्टै निको हुन सक्छ : प्रशस्त पानी पिउने लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसकको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्यास बढाउँछ । लसुनपानी बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ । खाना समयमा खाने ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ । कागतीपानी पेट...