प्रदेश २ मा काँग्रेसको अग्रता



काठमाडौँ, असोज ७ गते । प्रदेश २ को स्थानीय निर्वाचनको शुक्रबार राति १० बजेसम्म प्राप्त नतिजामा नेपाली काँग्रेस अग्रस्थानमा रहेको छ । प्राप्त नतिजाअनुसार १३६ स्थानमध्ये काँग्रेसले २८, नेकपा
(माओवादी केन्द्र)ले १५, सङ्घीय समाजवादी फोरम नेपालले १४, राष्ट्रिय जनता पार्टी नेपालले १३, नेकपा (एमाले)ले आठ, नेपाल लोकतान्त्रिक फोरमले तीन र नेपाली जनता दलले एक स्थानमा विजय हासिल गरेका छन् ।

मतगणना जारी रहँदा काँग्रेसले १८ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले १०, फोरम नेपालले १७, राजपा नेपालले १२, एमाले ९, लोकतान्त्रिक फोरमले एक स्थानमा अग्रता लिएको हाम्रा जिल्ला समाचारदाताहरूले जनाएका छन् ।

प्राप्त नतिजाअनुसार नेपाली काँग्रेसबाट सर्लाही बसबरिया गाउँपालिकाको प्रमुखमा रामआयोध्या यादव र उपप्रमुखमा रीनाकुमारी यादव, रौतहट गढीमाई नगरपालिकाको प्रमुखमा श्याम यादव र उपप्रमुखमा शुभद्रा गुप्ता, चन्द्रपुर नगरपालिकाको प्रमुखमा रामचन्द्र चौधरी र उपप्रमुखमा रामरती चौधरी (एमाले), धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा योगेन्द्र पञ्जियार र उपप्रमुखमा रचना श्रेष्ठ, धनुषाधाम नगरपालिकाको प्रमुखमा बालेश्वर मण्डल र उपप्रमुखमा विद्यादेवी भुसालले जित्नुभएको छ ।

त्यस्तै सिरहा कल्याणपुर नगरपालिकाको प्रमुखमा सूर्यनाथ मण्डल र उपप्रमुखमा रोहिणीकुमारी यादव, महोत्तरी औरही नगरपालिकाको प्रमुखमा सुनिलकुमार यादव र उपप्रमुखमा रेणुकुमारी यादव, लोहारपट्टी नगरपालिकाको प्रमुखमा शैलेन्द्रकुमार यादव र उपप्रमुखमा सरितादेवी, बलवा नगरपालिकाको प्रमुखमा विनोदकुमार यादव र उपप्रमुखमा रीता झा (राजपा नेपाल), पर्सा पर्सागढी नगरपालिकाको प्रमुखमा लोकनारायण यादव र उपप्रमुखमा अर्चना चौधरी, बारा निजगढ नगरपालिकाको प्रमुखमा सुरेशकुमार खनाल र उपप्रमुखमा लीला खनाल (एमाले), रौतहट दुर्गाभगवती गाउँपालिकाको प्रमुखमा अरुणकुमार साह र उपप्रमुखमा मञ्जुदेवी झा, फतुवा विजयपुर नगरपालिकाको प्रमुखमा गोपालराय यादव, राजदेवी नगरपालिकाको प्रमुखमा धीरेन्द्रकुमार सिंह र उप्रमुखमा अंशु सिंह (फोरम नेपाल), सप्तरी अग्निसइर कृष्णसवरण गाउँपालिकाको प्रमुखमा पर्शुराम चौधरी र उपप्रमुखमा मीनादेवी चौधरी, बारा सिम्रौनगढको प्रमुखमा विजयशङ्कर यादव र उपप्रमुखमा रीमादेवी (राजपा) र रौतहट वृन्दावन गाउँपालिकाको प्रमुखमा रामसिंह यादव र उपप्रमुखमा नुरजहाँले विजय हासिल गर्नुभएको छ ।

त्यस्तै माओवादी केन्द्रका तर्फबाट पर्सा छिपहरमाई गाउँपालिकाको प्रमुखमा मनोजकुमार मेदिना र उपप्रमुखमा मदिना खातुन, सिरहा मिर्चैया नगरपालिकाको प्रमुखमा श्रवणकुमार यादव र उपप्रमुख जिवछी देवी, महोत्तरी गौशाला नगरपालिकाको प्रमुखमा शिवनाथ महतो र उपप्रमुखमा आशा लामा, रामगोपालपुर नगरपालिकाको प्रमुखमा अशोक मण्डल र उपप्रमुखमा सीतादेवी साह, सम्सी गाउँपालिकाको प्रमुखमा फारुख सेख र उपप्रमुखमा नगिनादेवी यादव, रौतहट यमुनामाई गाउँपालिकाको प्रमुखमा श्रीप्रसाद मुखिया र उपप्रमुखमा गीतादेवी साह, सिरहा धनगढीमाई नगरपालिकाको प्रमुखमा हरिनारायण चौधरी र उपप्रमुखमा फूलकुमारी श्रेष्ठ,धुनषा सहिदनगर नगरपालिकाको प्रमुखमा उदयकुमार बरबरिया र उपप्रमुखमा शिला कापड, सर्लाही बाग्मती नगरपालिकाको प्रमुखमा भरतकुमार थापा र उपप्रमुखमा लीलाकुमारी मोक्तान, पर्सा जगन्नाथपुरको प्रमुखमा जालिम मियाँ र उपप्रमुखमा विसमिला खातुन (फोरम नेपाल)ले जित्नुभएको छ ।

राजपा नेपालबाट सर्लाही ब्रह्मपुरी गाउँपालिकाको प्रमुखमा विनोद साह र उपप्रमुखमा गीता देवी, सप्तरी रूपनी गाउँपालिकाको प्रमुखमा हरेराम यादव र उपप्रमुखमा बेचनीदेवी सरदार, महोत्तरी मटिहानी नगरपालिकाको प्रमुखमा हरिप्रसाद मण्डल र उपप्रमुखमा शिवा देवी, बारा परवानीपुर गाउँपालिकाको प्रमुखमा हरिनारायण साह र उपप्रमुखमा सावित्री देवी, सर्लाही बलरा नगरपालिकाको प्रमुखमा अभय सिंह र उपप्रमुखमा रामसखी, महोत्तरी एकडारा गाउँपालिकाको प्रमुखमा रामछविलाल साह र उपप्रमुखमा माजवी खातुन, भङ्गहा गाउँपालिकाको प्रमुखमा सञ्जीवकुमार साह र उपप्रमुखमा गङ्गाकुमार सिंह, रौतहट गौर नगरपालिकाको प्रमुखमा अजय गुप्ता र उपप्रमुखमा किरण ठाकुले जित्नुभएको छ ।

त्यसैगरी फोरम नेपालबाट महोत्तरी सोनमा गाउँपालिकाको प्रमुखमा राजकुमार यादव र उपप्रमुखमा विभादेवी साह, बारा पचरौता नगरपालिकाको प्रमुखमा रमेशकुमार यादव र उपप्रमुखमा इन्द्रकुमारी साह, फेटा गाउँपालिकाको प्रमुखमा अमिरिलाल प्रसाद र उपप्रमुखमा कामरुन खातुन, सप्तरी तिरहुत गाउँपालिकाको प्रमुखमा हेमन्त यादव र उपप्रमुखमा तीर्थमाया मण्डल, धनुषा लक्ष्मीनियाँ गाउँपालिकाको प्रमुखमा बिन्देश्वर यादव र उपप्रमुखमा इन्द्रकला देवी यादव, गणेशमान चारनाथ नगरपालिकाको प्रमुखमा रामबाबु यादव र उपप्रमुखमा मीनाकुमारी यादव (माओवादी), देवाही गोनाही नगरपालिकाको प्रमुखमा धर्मेन्द्रप्रसाद पटेल र परिनियाँ देवी (माओवादी) बोधीमाई नगरपालिकाको प्रमुखमा राजीवरञ्जन यादव र उपप्रमुखमा प्रेमलता कुसवाहा र सिरहा बरियारपट्टी गाउँपालिकाको प्रमुखमा सन्तोषकुमार महतो र उपप्रमुखमा रेखाकुमारी यादवले जित्नुभएको छ ।

नेकपा (एमाले)बाट धनुषा बटेश्वर गाउँपालिकाको प्रमुखमा अनिलकुमार यादव र उपप्रमुख अनिताकुमारी साह, सिरहा सखुवानन्कारकट्टी गाउँपालिकाको प्रमुखमा केदारनाथ यादव र अमलादेवी यादव, सुखीपुर नगरपालिकाको प्रमुखमा रामअवतार यादव र उपप्रमुखमा रेणुदेवी साहले जित्नुभएको छ । नेपाल लोकतान्त्रिक फोरमबाट बारा विश्रामपुर गाउँपालिकाको प्रमुखमा अमिरिलाल राउत र उपप्रमुखमा सुमित्रा देवी साहले जित्नुभएको छ ।

सप्तरीको खडक नगरपालिकाको मतगणना शुक्रबार साँझदेखि अवरुद्ध भएको छ । खडक नगरपालिका–१० को मतगणनाका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि केही दलका प्रतिनिधि मतगणना बहिष्कार गरी बाहिरिँदा साँझ ६ बजेबाट गणना अवरुद्ध भएको हो ।

S: Gorkhapatra

Comments

Popular posts from this blog

Experimental Religion

The identity of the church

The Hope of This World