कसरी बाइबलीय व्यावहारिक सहायता र आशा दिने


परामर्श
कसरी बाइबलीय व्यावहारिक सहायता र आशा दिने

के तपाई मिलापको सेवा गर्न चाहन्छु ? के तपाई कसैलाई सहायता गर्न तयार हुनुहुन्छ ?” सहायता र सेवा गर्ने चाहना गर्नु ठिक हो । तर तपाईले दिने सेवा र सहायता सहयोगी, वास्तविक र उपयोगी रहेको सुनिश्चित कसरी गर्नु हुन्छ ? समस्या ठिक हो वा होइन कसरी ठम्याउनु हुन्छ ? यदि “प्रस्तुत गरिएको समस्या” वास्तविक समस्या छैन भने तपाई के गर्ने ? तपाई समक्ष प्रस्तुत गरिएको समस्या वास्तविक समस्या छैन भने तपाई के गर्ने ? सहायताको लागि समर्पक गरेको व्यक्तिको पक्षमा सत्यताको कमी छ भने तपाई के गर्ने ?
मानिसहरू तपाई कहाँ सल्लाहको लागि आउँछन् । तिनीहरूलाई समस्याहरूवाट निकाल्न तपाईले कुन आधारभूत सिद्धान्तहरू र प्रक्रियाहरूको प्रयोग गर्नुहुन्छ ? तिनीहरूलाई तपाईले केको आधारमा परिवर्तनको वाटोमा मर्गदर्शन गर्न आवश्यक ठान्नुहुन्छ ? सेवा र सहायता दिनु पहिले तपाई आफैसँग एउटा प्रतिबद्धता गर्नुहोस कि तपाईको परामर्श बाइबलीय हुनुपर्छ । तपाई स्वंयको सल्लाह र सहायता परमेश्वरवाट आएको हुनुपर्छ । बाइबलले हामीलाई सिकाउछ, “ “पहिले परमप्रभुसँग सल्लाह लिनुहोस् ।” (१ राजा २२ः५ )

बाइबलीय परामर्श के हो ?

हरेकसँग साँचो विचारहरू छ, तर विचारहरू सधै ठीक हुदैनन् । वास्तवमा हामी सबै वास्तविक र निष्कपट हुन खोजेका हुन्छौ....तर हामी सबै जना वास्तवमा गलत भएका छौ ! त्यसैले तपाईले सोधनै पर्ने हुन्छ ? मेरो सत्यताको आधार के हो ? बाइबल नै तपाईको आधार हुनुपर्छ । यदि तपाईको सोच परमेश्वरको सोचाईसँग मेल खादैन भने तपाई आफ्नो सोचमा परिवर्तन ल्याउनुहोस ! यशैयाले भन्छ, “घाँस ओइलाउँछ, फूलहरू झरिहाल्छ, तर हाम्रा परमेश्वरको बचन सधैं भरि अटल रहनेछ ।” (४०ः८) ।

ड्ड परामर्श  

एक जानकार व्यक्तिद्वारा अर्को व्यक्ति वा समुहलाई सहायता र आशा दिनु हो । परामर्श व्यक्तिगत सान्तवना र प्रोत्साहनको साथै समान्य सल्लाह र मार्गदर्शन देखि एउटा समुहको संकटमाथि हस्तक्षेपसम्म हुनसक्छ । हामी “एक अर्काको बोझ उठाउन” मात्र परमेश्वरबाट वोलाईएका होईनौ तर हामीलाई “एक अर्कालाई प्रोत्साहन दिन र बनाउन” पनि परमेश्वरले भन्नुभएको छ  (गलाती ६ः२, १ थेसलोनिकी ५ः११) ।

ड्ड बाइबलीय परामर्श 

यसको अर्थ तपाईले दिन खोज्नु भएका विवेकपूर्ण सल्लाह परमेश्वरको वचनबाट आएको सत्यतामा भर पर्नु हो । हिब्रू ४ः१२ ले भन्छ, “किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवार भन्दा बढि धारिलो हुन्छ । यसले प्राण र आत्मालाई त्यसका जोर्नी जोर्नी र हाडको गुदीसम्मलाई भाग भाग पारूञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ ।”

ड्ड ख्रीष्ट केन्द्रित परामर्श 

यो अरूलाई बाइबलीय सत्यतामा आधारित सल्लाह, प्रोत्साहन र आशा दिनु हो । परिवर्तनको लागि सल्लाह, प्रोत्साहन र आशाद्वारा शक्ति प्रदान गरिदिन ख्रीष्टमा भर पर्नु । आर्को शव्दमा, के ले तपाईलाई बाइबलीय परामर्श दिन सक्षम वनाउछ ? २ कोरिन्थी ५ः१७ ले भन्छ,“यसकारण कोही खी्रष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ ।”

के ले तपाईलाई बाइबलीय परामर्श दिन योग्य बनाउछ ?

यदि तपाई परमेश्वरसँग धनिष्ट र बढदो सम्बन्धमा हुनुहुन्छ, भने....
— तपाई व्यक्तिरुपमा परमेश्वरको सान्तवना खोज्नु भएको र प्राप्त गर्नु भएको छ (२ कोरिन्थी १ः३–४) ।
— तपाईले ख्रीष्टलाई प्रेम गर्नुहुन्छ र अरूहरूको आवश्यकतावारे वास्ता गर्नुहुन्छ (गलाती ६ः२) ।
— तपाई परमेश्वरको वचनलाई सही ढंगले चलाउनु वा उपयोग गर्नु हुन्छ (२ तिमोथी २ः१५) ।
— तपाई अरूलाई सल्लाह दिनलाई परमेश्वरबाट बोलाईएका हुनुहुन्छ (२ कोरिन्थी ९ः८, हिब्रू १०ः२४–२५) ।
परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँडनुपर्ने
सो तँलाई सिकाउनेछु । म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु ।”
 (भजनसंग्रह ३२ः८)

परामर्श दिइरहदा तपाईको प्रमुख दायित्व के के हुनुपर्छ ?

आफ्नो सल्लाहलाई अधिकतम प्रभावकारी वनाउनको लागि तपाई ख्रीष्टमा पूर्णरुपमा निर्भर हुनुपर्छ । उहाँको इच्छाको खोजीरहने भएर बाँच्नुपर्छ । येशूले भन्नुभयो, “दाखको बोट म हुँ, तिमीहरूचाँहि हाँगाहरू हौं । यदि कोही ममा रहयो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केहि गर्न सक्दैनौं ।” (युहन्ना १५ः५) ।

आत्मिक बुद्धिको सातवटा “एसहरू ( क्’क)”
आत्मिक बुद्धिलाई नम्रता ाथ, महसुस गर्नुहोस ः
१. यी समाधानहरू ९क्यगितष्यलक¬¬० तपाईको समाधानहरू होईन (युहन्ना १४ः२६) ।
२. तपाई आफ्नो समपन्ताको ९क्भाि(क्गााष्अष्भलअथ० निर्भरतालाई ख्रीष्टको समपन्ताले प्रतिस्थापन गर्नुपर्छ (युहन्ना १५ः५) ।
३. ख्रीष्टको आत्मा ९त्जभ क्उष्चष्त या ऋजचष्कत० तपाईको सल्लाहकार हुनुहुन्छ । उहाँले सत्यतामा तपाईलाई परामर्शको लागि सवल बनाउँछ ( युहन्ना १६ः१३) ।
४. पापी ९क्ष्लाग िउभचकयल० व्यक्तिलाई निन्दागरेर कहिले पनि प्रतिकार गर्नुहुदैन (१ पत्रुस ३ः१५–१६) ।
५. परामर्शको सफलता ९क्गअअभकक या थ्यगच ऋयगलकभििष्लन० तपाईको अत्यधिक जानकारी र राम्रो, बैज्ञानिक तथा वौद्धिक जवाफमा निर्भर हुदैन (हितोपदेश ३ः५–६) ।
६. वचनहरू ९क्अचष्उतगचभक० ले अन्धकार वाटोमा प्रकाश पार्नेछ जब तपाईले अरूलाई अन्धकार बाटोवाट बाहिर निस्किन सहायता गर्नुहुन्छ (भजनसंग्रह ११९ः१०५) ।
७. पापमाथि विजय को रहस्य ९त्जभ क्भअचभत या ख्ष्अतयचथ० ख्रीष्टको शक्ति र पवित्र आत्माको उपस्थितिको शक्तिमा निर्भर छ (फिलिप्पी ४ः१३)

बाइबलीय सल्लाह दिदा तपाईको लक्ष्यहरु के के हुनुपर्छ ?  

जति जति परमेश्वरको वचनमा तपाईको अध्ययन गहिरो हुदै जान्छ, त्यति नै धेरै तपाईले परमेश्वरको इच्छा थाहा पाउनु हुुन्छ । जब कसैले तपाई कहाँ समस्या लिएर आउँछ, पहिले तपाई आफैंसँग सोध्नुहोस् । के परमेश्वरले आफ्नो वचनमा अघि नै यस सम्बन्धमा विशेष गरी बोल्नु भएको छ ? यदि छ भने उहाँले के भन्नुभएको छ ? यदि होइन् भने के एउटा सामान्य बाइबलिय सिद्धान्तमाथि विचार गर्नु पर्ने आवश्यकता छ ? परमेश्वरको वचनमा जति धेरै तपाईको निर्भरता हुन्छ अनि तपाई त्यति नै बुद्धिमान हुनुहुनेछ । भजनसंग्रह ११९ः१०५ ले भन्छ, “तपाईका वचन मेरर खुट्टाको निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो ।”

के तपाई एउटा बाइबलिय सल्लाहकार झैं ख्रीष्टलाई वास्तविक रुपमा सेवा गर्न चाहनु हुन्छ ? ः 

तिनीहरुलाई सहायता गर्नुहोस्, जो वास्तवमा एउटा “सुधारको पाठयक्रम” मा समावेश भएर पूर्णता र आत्मिक परिपक्कता तिर अगाडी वढन चाहना गर्छ ।
बाइबलले भन्छ, “मेरा भाइ हो, यदि तिमीहरु माध्ये कोही सत्यबाट बरालिएर जाँदा कसैले त्यसलाई फिराएर ल्यायो भने, त्यसले जानोस् कि जसले एक पापीलाई त्यसको कुमार्गबाट फिराएर ल्याउँछ त्यसलाई मृत्युबाट बचाइनेछ र असंख्य पापलाई ढाक्नेछ” (याकुब ५ः१९—२०)
एउटा अविश्वासीलाई वा नास्तिकलाई येशू ख्रीष्टसँग व्यक्तिगत सम्बन्धमा अगुवाई गर्नुहोस ।
येशूले भन्नुभयो, “कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस् । किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ ।”(मत्ती १६ः२४—२५)
परमेश्वरको वचनबाट आएको बुद्धिलाई संघर्ष गर्नेहरुलाई विजय जिवन जिउन सक्षम बनाउन प्रस्तुत गर्नुहोस् ।
“सुझाव सुन, र अर्ती ग्रहण गर, अन्त्यमा तँ बुद्धिमान् बन्नेछस् ।” (हितोपदेश  १९ः२०)

व्यावहारिक परामर्श ः तपाई यो कसरी गर्नुहुन्छ ?

तपाई कसरी हरेक अवसरहरुमा होशियारी साथ हिंडनु हुन्छ ? परमेश्वरले तपाईको बाटो ल्याउनु भएका ती व्यक्तिहरूसँग कसरी व्यवहार गर्नु हुन्छ ? तपाईले आवश्यकतामा परेका एउटा आत्मालाई सहायता गर्न धेरै दिनहरु, हप्ताहरु अथवा महिनाहरु बिताउन हुनेछ अथवा तपाई कसैको जिवनमा केही बिउहरु मात्र छर्न पाउनु हुनेछ । निरन्तर प्रार्थना गर्नुहोस् किनभने परमेश्वरले तपाईको वचनहरु र कामहरु दुवैलाई परमेश्वरले उपयोगी वन्न निर्देशित गर्नेछन् ।
कलस्सी ४ः५ र ६ ले भन्छ, “समयको सदुपयोग गर्दै, बाहिरकाहरुसँग बु्िद्धमानी साथ व्यावहार गर । नूनले स्वादिलो पारे जस्तो तिमीहरुको बोलीवचन सधैं कृपालु होस् ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो सो तिमीहरु जान ।”

१. भौतिक संरचना तयार पार्नुहोस् ः

कुरा गर्नको लागि एउटा एकान्त र आरामदायी ठाउँ प्रदान गर्नुहोस् (सबै पक्षहरु समावेश हुनको लागि सुरक्षित होस्) ।
ध्यान भंग गर्ने वा अल्मलाउने कुराहरु हटाउनुहोस् (रेडियो, टि.भी., संगीत, अन्य अवाजहरु अथवा दिक्क लगाउने हल्लाहरु) ।
हस्तक्षेपहरूलाई रोक्नुहोस् (फोनलाई होल्डम राख्नुहोस्, फोनको जवाफ दिने यन्त्रलाई सक्रिय पार्नुहोस्, डु नट डिस्टर्ब चिन्ह प्रयोग गर्नुहोस्, सन्देश छोडनको लागि ढोकामा टिपोट पुस्तिका राख्नुहोस्) ।
भौतिक बाधाहरुलाई वेवास्ता गर्नुहोस् (डेस्कको पछाडि नबस्नुहोस् जबसम्म तपाईलाई दृढ रुपमा कसैको लागि आधिकारीक देखिनु आवश्यक छ, जो लडने वा अपमानजनक काम गर्छ) ।
प्रकाशको चमकलाई कम गर्नुहोस् (पर्दा र माथिल्लो प्रकाश आवश्यकताअनुसार व्यावस्था गर्नुहोस्) ।
सल्लाह सहयोगी सामाग्रीहरु सुविधाजनक ठाउँमा राख्नुहोस् वा सजिलै बोक्न सक्ने राख्नुहोस् (बाइबल, कागज, कलम र सम्पर्क गर्नुपर्ने नम्बरहरु) ।
अनुहार सफा गर्ने न्याप्किन र पिउने पानी नजिकै राख्नुहोस् (भेटघाट भन्दा पहिले नै व्यावस्था मिलाउनुहोस्) ।

“समझदार मानिसको बुद्धिले त्यसलाई सहि बाटो दिन्छ, तर मूर्खहरुको मूर्खता धोखा हो”
(हितोपदेश १४ः८)

२. व्यक्तिगत हाउभाउद्वारा प्रोत्साहन दिनुहोस् 

पिडित व्यक्तिलाई अभिवादन गर्दा मुसुक्क हाँस्नुहोस (एउटा प्रफुल्लित अनुहारले डराउने स्वभावलाई हटाउन सक्छ) ।
हात मिलाउनुहोस् वा अर्को सुहाउदो अभिवादनको प्रयोग गर्नुहोस् (मानविय स्पर्शले न्यानोपना र हेरविचारको भावनालाई दर्शाउछ) ।
नजीकै कुर्सी मिलाउनुहोस् (यदि नब्बे डिग्रीको स्थानमा छ भने तपाईले आफ्नो शरीर अर्को व्यक्तिको सामने फर्काउनुहोस) ।
आफ्नो शरीर अगाडितिर झुकाउनुहोस् (अगाडितिरको झुकाउले, “म तपाईले भनेको कुरामा रुची राख्छु भनी अर्थ लाग्छ”) ।
राम्रो आँखाको सम्पर्क कायम राख्नुहोस् (विचलित नहुनुहोस – यदि आवश्यकता भए अर्को ठाउँमा सार्नुहोस) ।
टाउको हल्लाएर ईशारा दिनुहोस् (यो सामान्य चालले स्वीकृतिलाई दर्शाउछ) ।
खुल्ला र पुग्न सक्ने स्थानमा हुनुहोस् (हात वा मुक्का बाँधेर नबस्नुहोस् । बाँधेको हातले, “म तपाईलाई सहायता आवश्यक रहेको कुरामा विस्वस्त छैन” तथ्यलाई दर्शाउछ ।

“हँसिलो चेहराले हृदयलाई हर्षित तुल्याँउछ”
(हितोपदेश १५ः३०)

३. वास्तविक समस्या बाहिर ल्याउनको लागि प्रश्न गर्नुहोस् 

कसरी सुरु गर्ने
त्यो व्यक्तिलाई नामले बोलाउनुहोस् – धेरै पटक ः
  “हाइ, दाऊद ! भित्रै आउनुस ।”
छोटो वार्तालापमा नअल्झिनुहोस । अन्य विषयमा गरेको टिप्पणीले मुख्य विषयमा पुग्न ढिलो हुन्छ, र असंवेदनशिल हुनाले व्यक्तिगत तत्परता कम हुन सक्ने छ ।
एउटा प्रत्यक्ष प्रश्न सोध्नुहोस.....
“म कसरी सहायता गर्न सक्छु ?” वा “तपाईले के बारे कुरा गरेको चाहनुहुन्छ ?”
उत्तर ः “कसरी म उसलाई आफूसँग बसाउन सक्छु .....मिलाप गराउन सक्छु ?”

बुझ्नु होस कि प्रस्तुत गरिएको समस्या अक्सर वास्तविक समस्या होईन (कसैले मानेको दुःखको के कारण हो) । सत्यनिष्टाको अभावको कारण यदि वास्तविक समस्या विश्वासनियताको अभावसँग सम्बन्धित छ भने अन्तरदृष्टि र समझ प्राप्त गर्नको लागि प्रासंगिक प्रश्नहरू सोध्नुहोस ।

“मानिसको हृदयमा भएको उद्देश्यहरू गहिरा पानी जस्तै हुन, तर समझदार मानिसले त्यो तानेर निकाल्छ ।”
(हितोपदेश २०ः५)

बिगतका कुराहरू कसरी सोधपुछ गर्ने

समस्या किन ? भनी सोध्नुहोस....
“तिनले वास्तिविकरुपमा समस्याको कारण के भनेको वा के भनेकी छिन?”
“तिनले झूठो बोलेको भनिन्न”
“के तपाईले कहिले सत्यतालाई ब्ङग्याउनु भएको छ?”
“केवल कहिलेकाही ।”
“के तिनले यसलाई एउटा प्रमुख समस्या भनेकी छिन?”
“हो”
“के तपाई इमान्दार मानिस हुन चाहनुहुन्छ ? ”
“हो”
परिवार, घर, विद्यालय, डेटिङ्ग, कामको पृष्टभुमि सम्बन्धमा सोध्नुहोस ।
“दाऊद, के तपाईको घरमा बृद्धिको लागि के थियो ?”
“हामी सबै डरको धेराभित्र हिडयौं । आमालाई धेरै डर थियो ।”
“तपाईको आमा के ले डराएको थियो ?”
न भनेका कुराहरू सुन्नुहोस् । यदि एउटा अभिभावक बिल्कुलै समावेश गरिएको छैन भने त्यो अभिभावकको बारेमा सोध्नुहोस् । “तपाईको सम्बन्ध आफ्नो पितासँग कस्तो थियो?”
“उहाँ निष्ठुर र रुखो हुनुहुन्थ्यो ।”
त्यो बानीको तत्कालिन सम्झनाहरुको बारेमा सोध्नुहोस् र
“तपाईले पहिलो पटक कहिंले झुठो बोल्नुभएको सम्झनुहोस् ? के ले तपाईलाई झुठो बोल्न बाँध्य गरायो ?”
“यदि म पितालाई दुःखी बनाए भने उहाँले आमालाई दुःख दिनुहुन्थ्यो, त्यसैले म उहाँ नरिसाओस भनेर झुठो बोल्थे ।”
कुराकानीेलाई वढाउनु दिनुहोस् ।
“के तपाईले मलाई अझ धेरै भन्नुहुन्छ ?”
“उहाँले सम्बन्ध विच्छेदको धम्कि दिनुहुन्थ्यो ....”
“ भनिराख्नुहोस् .....”
“उहाँले सबैथोक लिनुहुन्थ्यो ....”
“ अँ अँ आ .....”
“ ........हामीसँग केहि छोडनु हुन्थिएन ।”
मुख्यत ः लामो उत्तर आउने प्रश्न सोध्नुहोस्, जसको जवाफ हो वा होइन् भन्न सक्दैन् ।
“ दाऊद, आज कुन बेला तिमीलाई सबभन्दा बढि झुठो बोल्नु पर्ने भयो ?” जब
“ जब कोही मसँग दुःखी हुन्छ ।”
महत्वपूर्ण मानिसहरुको प्रभावलाई अनुसन्धान गर्नुहोस् । जस्तो कि आमाबुबा, दाजुभाई, दिदी बहिनी , अन्य नातेदारहरु साथीहरु ) ।
“तपाई आफ्नो बुबाले के भनेको र गरेकोबाट आफ्नो बारेमा के सन्देश पाउनुभयो ?”
“ उहाँले यस्तो भन्नुभयो, “तिमी केही पनि होइन । तिमी एउटा शुन्य हो ।”
“ यसले तपाई कस्तो महसुस गर्नुभयो ।”

४. प्रश्न प्रस्तुत गर्नुहोस, किन हामी गर्न नचाहने काम र कुरो गर्छौै ?

नकारात्मक वानीहरूको दासत्वमा फसेका व्यक्तिहरू (जस्तो कि झुठो बोल्ने) ले व्यक्तिगत परिवर्तनको सबै आशाहरू गुमाएको हुन सक्छन । उनीहरूले केही गर्ने जन्नदैनन् । किन उनीहरू त्यही काम गर्छन जुन उनीहरू गर्न चाहन्न् ? प्रेरित पावलले हामी सबैले अनुभव गरेका सत्य व्यक्त गर्नुभयो ः “असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिन, तर दुष्ट काम, जो म गर्न चाहन्नँ, त्यही म गर्ने गर्छु ।” (रोमी ७ः१९)

हामी सबै परमेश्वरले दिनु भएको तीन आन्तरिक आवश्यकताहरूसँग सृष्टि गरिएका छौं ः प्रेम, सम्मान र सुरक्षा ः
प्रेम ९ीयखभ०– थाहा गर्नुहोस कि कोही विनाशर्त नै हाम्रो उत्तम चाहनाको लागि प्रतिवद्ध हुनुभएको छ (यूहन्ना १५ः१२) ।
सम्मान ९क्ष्नलषष्अबलअभ०– थाहा गर्नुहोस कि हाम्रो जीवनको महत्व र उद्देश्य छ ( भजन संग्रह ५७ः२) ।
सुरक्षा ९क्भअगचष्तथ०– स्वीकारिएको र समबन्धरहेको महसुस गर्नुहोस (हितोपदेश १४ः२६) ।

हाम्रो नाकारात्मक वानीहरूको केन्द्रमा अवैध तरिकाहरूद्वारा हाम्रो वैध आवश्यकताहरू प्राप्त गर्ने प्रयास हो । बाइबलले यसलाई पाप भन्छ । हितोपदेश १४ः१२ ले भन्छ, “कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउछ ।”

५. आधारभूत आवश्यकता पुरा गर्नेलाई प्रस्तुत गर्नुहोस । 

किन परमेश्वरले हामीलाई यी गहन भित्री आवश्यकताहरू दिनुभयो ? उहाँलाई थाहा थियो कि “मानिसहरूले मानिसहरूलाई असफल बनाउछन्” । (उदाहरणको लागि, केही आमावावुहरू कठोर, निर्दयी र अपमानजनक शब्दहरू भन्ने हुन्छन ।) प्रत्येक व्यक्ति यी तीन भित्री आवश्यकताहरूसँग सृजना गरिएको छ । कुनै पनि व्यक्ति हाम्रो यी तीन आवश्यकताहरूलाई पुरा गर्न सक्षम छैन । होस गर्नुहोस्, यदि कोही व्यक्तिले हाम्रा सबै आवश्यकताहरू पुरा गर्न सक्छ भने हामीलाई परमेश्वरको आवश्यकता हुदैन ।

प्रभुले योजनासाथ यसलाई बनाउनुभयो । उहाँले हाम्रो आवश्यकता पुरा गर्नु हुनेछ । प्रेरित पावल चीत्कारसाथ यो सत्यलाई प्रकाश पार्नुभयो, “म कस्तो दुःखी मानिस ! यस मृत्युको शरीरवाट मलाई कसले छुटाउला ?” । अनि उहाँले आफ्नो प्रश्नको जवाफ सवल तरिकाले दिनुभयो, “येशू ख्रीष्ट हाम्रा प्रभू” (रोमी ७ः२४–२५) ।

यी सँगै, प्रभूले हाम्रो गहिरो आवश्यकताहरू पुरा गर्नको निम्ति.....

प्रेम ९ीयखभ०– उहाँले भन्नुभयो, “सधैभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु” (यर्मिया ३१ः३) ।
सम्मान ९क्ष्नलषष्अबलअभ०– उहाँले भन्नुभयो, “जुन योजना मैले तिमीहरूका निम्ति वनाएको छु, ती म जान्दछु.........तिमीहरूलाई आशा र भविष्य दिनलाई” (यर्मिया २९ः११) ।
सुरक्षा ९क्भअगचष्तथ०– उहाँले भन्नुभयो, “म तिमीहरूलाई कुनै रीतिले छोडनेछैन, म तिमीहरूलाई त्यागनेछैन” (हिब्रू १३ः५) ।

कहिलेकाही प्रभूले आफै केही आवश्यकताहरू पुरा गर्नुहुनेछ, र अन्य समयमा उहाँले आफ्नो हेरचाह र दयाको विस्तारको रुपमा अन्य मानिसहरूको प्रयोग गर्नुहुनेछ ।

संघर्ष गरिरहेकाहरूसँग यी कदमहरू बाँड्नुहोस 

तपाई कुनै पनि खाडलबाट बाहिर आउन सक्नुहुन्छ । कुन नाकारात्मक ढाँचाले तपाईलाई परमेश्वरले वनाउनुभएको पूर्णताबाट रोकिरहेको छ । कसरी ? रोमी १२ः२ ले भन्छ, “यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रुपले परिवर्तित होओ ।” यसकारण, परिवर्तित मनसँग स्वतन्त्र हुनसक्नुहुन्छ । यूहन्ना ८ः३२ ले भन्छ, “तिमीहरूले सत्यलाई जान्ने छौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ ।” यहाँ स्वतन्त्र (ँ(च्(भ्(भ्) गराउने बाटो छ ः

एफ ( ँ(ँबअभ ) – तपाई आफ्नै नाकारात्मक बानीको सत्यतालाई सामना गर्नुहोस ।

भजनसँग्रह १३९ः२३, प्रार्थना गर्नुहोस्, “हे परमेश्वर, मलाई जाँच्नुहोस्, मेरो हृदयलाई जान्नुहोस् । मलाई जाँच्नुहोस् र मेरा चिन्ताहरुलाई जान्नुहोस् ।”
मुल्याकंन गर्नुहोस् ः तपाईले संघर्ष गर्ने क्षेत्रमा केन्द्रित हुनुहोस् वा क्षेत्रलाई लेख्नुहोस् ः “मेरो सबैभन्दा ठूलो संघर्ष झूठो बोलिरहनु हो ।”

आर ( च्(च्भअयनलष्शभ० – तपाईले यो नकरात्मक बानीद्धारा प्राप्त गर्न खोजीरहनु भएको भित्री आवश्यकता (हरु) पहिचान गर्नुहोस् । 

के तपाई प्रेम वा महत्व वा सुरक्षा वा यी सबैको लागि आफ्नो आवश्यकता पूरा गर्न कोशिश गरिरहनु भएको छ ?
भजनसंग्रह ५१ः६ ले भन्छ, “निश्चय नै हृदयको सत्यता तपाई (परमेश्वर) चाहना गर्नुहुन्छ, अन्तस्करणमा तपाई मलाई बुद्धिका कुरा सिकाउनु हुन्छ ।”
मुल्याकंन गर्नुहोस् ः के तपाई मानिसहरुलाई देखाउनका लागि कहानी बनाउँदै हुनुहुन्छ किनभने तपाई महत्वहिन महसुस गर्नुहुन्छ ? अथवा के तपाई डराएको बेलामा झूठो बोल्नुहुन्छ किनभने तपाई असुरक्षित महसुस गर्नुहुन्छ ? “म झूठो बोल्छु किनकि म असुरक्षित महसुस गर्छु ।”

इ ( भ्(भ्हअजबलनभ) — तपाई आफ्नो आवश्यकता पूरा गर्ने प्रयासलाई ख्रीष्टले तपाईको आवश्यकता पूरा गर्ने प्रयास सँग साट्नुहोस् ।

फिलिप्पी ४ः१९ ले यसलाई सहज बनाउँछ ः “मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरुको हरेक र ख्रीष्ट येशूमा पूरा गरीदिनुहुनेछ ।”
समाधान ः “येशू मेरो सुरक्षा हुनुहुन्छ । मानिसहरु येशूसँग रिसाएको थियो, तर उहाँ पूर्णरुपमा सत्यमा हुनुहुन्थ्यो — यसकारण यदि कोही मसँग रिसाउँछ, म पूर्णरुपमा सत्य हुनसक्छु । उहाँ बाटो, सत्य र जीवन हुनुहुन्छ । म आफ्नो डरलाई विश्वाससँग प्रतिस्थापन गर्नेछु किनभने म भित्र सत्य छ ।

इ ( भ्(भ्हउभचष्भलअभ)— तपाईको परिवर्तनको निम्ति ख्रीष्टलाई आफ्नो भित्री सामर्थको रुपमा अनुभव गर्नुहोस् ।

फिलिप्पी ४ः१३ लाई दाबी गर्नुहोस् ः “जसले मलाई  शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु ।”
समाधान ः “‘शान्ति कायम राख्न’ को लागि आफ्नो झूठो बोल्ने बानीमा भर पर्नुको सट्टा म सत्य बोल्न ख्रीष्टको शक्तिमा निर्भर हुनेछु । यसको बदलामा त्यसले भित्री शक्ति उत्पन्न गराउनेछ । म उहाँको शक्तिद्धारा एउटा नयाँ योजनासँग बाँच्नेछु । म एउटा इमान्दार, निष्ठावान् र सत्यवादी व्यक्ति हुनेछु ।”

निष्कर्ष

एउटा नकारात्मक बानीसँग व्यवहार गर्दा त्यो शिर्षक सम्बन्धि समस्यालाई सम्बोधन गरिएको अध्याय पल्टाउनुहोस् र त्यो व्यक्तिलाई दासत्वबाट कसरी निकाल्ने सिक्नुहोस् । त्यो संघर्ष गरिरहेको व्यक्तिलाई परिवर्तनको बाटोमा मार्गदर्शन प्रदान गर्न चरण चरणमा निर्देशन दिनुहोस् । सबै शिर्षकहरुको लागि विषय सुचि हेर्नुहोस् । यो तरिका अनुसार तपाई अरुहरुको व्यक्तिगत जीवनमा प्रभावकारी मार्गदर्शक बन्न सक्नुहुन्छ । पहिले तपाई आफ्नो जीवनमा अपनाउनु वा लागू गर्नु आवश्यक छ — क्षेत्रहरुको छनौट गर्नुहोस् जहाँ तपाई व्यक्तिगत रुपमा संघर्ष गर्नुभएको छ ।
ख्रीष्टको शक्तिमा, हामी सबै परिवर्तन हुन सक्छौं — हामी सबै ख्रीष्ट झैं परिवर्तन हुन सक्छौं किनकि कलस्सी १ः२७ ले यो भन्छ, “ख्रीष्ट तिमीहरुमा हुनुहुन्छ, जो महिमाको आशा हो ।” उहाँ हाम्रो छुटकाराको आशा हुनुहुन्छ — किनभने, “पुत्रले तिमीहरुलाई स्वतन्त्र गरायो भने तिमीहरु निश्चय स्वतन्त्र हुनेछौं” (यूहन्ना ८ः३६)

तपाईको वचन प्रार्थना परियोजना
यूहन्ना १४ः२६
यशैया ५९ः२
हितोपदेश ३ः५–६
हिब्रू ४ः१२
गलाती २ः२०
१ शामूएल १२ः२३
२ पत्रुस १ः३
२ कोरिन्थी १३ः५
भजन संग्रह ५१ः५
भजन संग्रह ११९ः११

Comments

  1. Everyone is in need of counselor and mentor. So they must know the truth. God is truth. If they do not know God, then they have no right to counsel or mentor another. The Bible says, " Know the truth and the truth shall make you free.

    ReplyDelete
  2. Counsel must be seasoned with truth and practical teaching

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Experimental Religion

The Hope of This World