नगराइनमा काँग्रेस, भंगहा र एकडरामा राजपा, मिथिलामा एमाले विजयी

 नगराइनमा काँग्रेस विजयी

जनकपुरधाम,  असोज ७ गते ।  स्थानीय तहअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी हुनुभएको छ ।

सो दलका नगर प्रमुखका उम्मेदवार परमेश्वर यादव पाँच हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी साह चार हजार ८४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेकपा ९एमाले०का रामबाबु पंजियारले चार हजार ७१ मत र राधादेवी यादवले चार हजार १८९ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन अधिकृत दानीकान्त झाका अनुसार सो नगरपालिकामा नेपाली काँगे्रस वडा नं २, ३, ५, ६ र ९ तथा एमाले वडा नं १, ४, ७ र ८ मा विजयी भएका छन् ।

भंगहा र एकडरामा राजपा विजयी

गौशाला,  असोज ७ गते ।  महोत्तरी जिल्लाका थप दुई स्थानमा राजपा नेपालले विजयी हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह चार हजार ४७८ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उपप्रमुखमा सोही दलकी गंगाकुमारी सिंह दनुवार चार हजार ३९६ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँग्रेसका ओमशंकर यादवले तीन हजार ७६६ र राजनारायण साहले तीन हजार ६६ मत ल्याउनुभएको छ ।

त्यसैगरी एकडारा गाउँपालिका अध्यक्षमा राजपाकै रामछविला साह दुई हजार ३१८ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा सोही दलकी महजवी खातुन दुई हजार २५२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत पोखरेल बताउनुभयो ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वीमा क्रमशः संघीय समाजवादी फोरम नेपालका दीपनारायण मण्डलले एक हजार ९६८ र निर्मलाकुमारी यादवले एक हजार ९९५ मत ल्याउनुभएको छ ।

 मिथिला नगरपालिकामा एमाले विजयी

महेन्द्रनगर, धनुषा,  असोज ७ गते । मिथिला नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी हुनुभएको छ । नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी हुनुभएको छ । उहाँले छ हजार ७४० र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले पाँच हजार १७८ मत ल्याउनुभएको छ ।

त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी हुनुभएको छ । उहाँले छ हजार ६६५ र उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का मीनबहादुर जर्घा मगरले छ हजार ३३८ मत ल्याउनुभएको छ ।
S: Gorkhapatra

Comments

Popular posts from this blog

Experimental Religion

The identity of the church

The Hope of This World