ओलीको प्रश्न-प्रचण्डीय र शेरबहादुरीय राष्ट्रवाद कस्तो हुन्छ ?
ओलीको प्रश्न-प्रचण्डीय र शेरबहादुरीय राष्ट्रवाद कस्तो हुन्छ ?
एमालेका अध्यक्ष केपी ओलीले नेपाली जनताको संर्घषपूर्ण वलिदानीबाट लोकतन्त्र स्थापना भएर संविधान निमार्ण भएको बताएका छन् । तनहुँको भानु नगरपालिका–२ नारेश्वटारमा आयोजित सभामा उनले नेपालमा अस्थिर राजनीति चाहाने विदेशप्रेमी नेताले देशमा अस्थिरता, साम्प्रादायिक द्धन्द्धको सृजना गर्न खोजेको आरोप पनि लगाए ।
उनले राष्ट्रियता र स्वाधिनताको पक्षमा एमालेले सधैँ खबरदारी गरिरहने पनि बताए । उनले देशमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै नेताहरु जिल्लासभामै सिमित भएको आरोप लगाए ।
उनले प्रधानमन्त्री हुँदा नाका खोल्ने, रेल चलाउने जस्ता विकास र समृद्घिका कुरा गर्दा हाँसो र मजाकको पात्र भएको भन्दै दुःखेसो गरे । देश र जनताको हितमा रहदा, राष्ट्रिय अखण्डता र स्वाधिनताको वारेमा कुरा गर्दा विपक्षीहरुले महेन्द्रीय राष्ट्रवादको उपमा दिएको भन्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधामनत्री शेरबहादुर देउवाप्रति रोश प्रकट गर्दै प्रश्न गरे,‘प्रचण्डिय राष्ट्रवाद र शेरबहादुरिय राष्ट्रवाद कस्तो हुन्छ ?’
अाक्राेशित हुँदै अाेलीले भने,‘पूर्वपश्चिम रेल, समुद्रमा नेपालको पानीजहाज, हावाबाट बिजुली, स्मार्ट सिटी, खानीहरूको उत्खनन् गर्नुपर्छ भन्दा कांग्रेसले हाँसोको रुपमा उडायो ।’ उनले सत्ता साझेदार दलहरुलाई इनारको भ्यागुताको संज्ञा समेत दिएका छन् । उनले आगामी प्रदेश र संघीय संसदको चुनावमा एमालेले स्पष्ट बहुमत ल्याउने दावी गरे ।
nayapatrika
Comments
Post a Comment