युवाहरू कसैको हातको कठपुतली होइन, सम्भवनाको संवाहक हुन – सुमित कर्ण
युवाहरू कसैको हातको कठपुतली होइन, सम्भवनाको संवाहक हुन – सुमित कर्ण
युवाहरूले कसैको हातको कठपुतली होइन, सम्भवनाको संवाहक हुन – सुमित कर्ण
Nepal News Box
जनकपुर, भदौ २७ गते

राष्ट्रको समृद्धि, समानता र शक्तिको आधार युवा हुन । युवा देशको ढुक–ढुकी हो । युवा विनाको देश प्राण विनाको शरिर जस्तै हो । आज नेपाल मृत्युको शैयामा पुग्न लागेको छ किनकी राजनितिमा युवाहरूलाई स्वार्थपूर्ण उदेश्यहरू पुरा गर्न गलतरुपमा प्रयोग गरिदै आएको छ । तर अब यस्तो गलत परिपाटीलाई तोडने समय आएको छ ।

युवाहरू कसैको हातको कठपुतली होइन, सम्भवनाको संवाहक हुन । विश्वको विकसित राष्ट्र बन्ने संभावना वोकेको नेपाललाई त्यो उचाईमा पु¥याउने शक्ति युवा हो । अहिलेको यथास्थितिवादले राष्ट्र र जनताको भलो हुदैन ।

नयाँ शक्तिको चालक शक्ति नै युवा समूह हो । यसको निर्माण प्रक्रियादेखि नै युवाहरु अत्यधिक मात्रामा र नीति निर्माणमा निर्णायक भूमिकामा छन् । केन्द्रदेखि तलसम्मका सबै कमिटीहरुमा समावेशी समानुपातिक आधारमा युवाहरुको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
नयाँ शक्तिको गठन प्रक्रिया नै पृथक भएकोले नेतृत्व विकास गर्ने भिन्न आधार शुरुदेखि नै रहेको छ । सबै तहको नेतृत्व खुला निर्वाचनबाट चयन गरिएको छ । शीर्ष नेतृत्वले दुई कार्यकालसम्म मात्र संगठनको नेतृत्व गर्छ । सो अवधिमा सामुदायिक नेतृत्वको विकास र प्रवद्र्धन गरिएको छ जसले नेतृत्व हस्तान्तरणलाई संस्थागत गर्न सहज भइरहेको छ । निर्वा्चित नेतृत्वले गलत आचरण गरेमा उसलाई फिर्ता बोलाउने प्रणाली सुनिश्चित गरिएको छ ।

नयाँ शक्ति निर्माण शुरुदेखि नै सबै प्रक्रियामा व्यापक सहभागितामा जोड दिँदै आएको छ । प्रारम्भिक चरणदेखि नै आर्थिक कारोवार र निर्णय पद्धतिलाई समेत पारदर्शी राखिएको छ । नयाँ विचार र नयाँ विकल्पको खोजी गर्ने क्रममा नयाँ शक्तिले विधिको शासन र जवाफदेही कार्यशैलीलाई संस्थागत गर्नेछ ।

समतामूलक र उन्नत सँस्कृतिलाई प्रवद्र्धन गरिनेछ । भ्रष्टाचारजन्य गतिविधिलाई कडाइपूर्वक नियन्त्रण गरिनेछ । नयाँ शक्तिले राजनीतिलाई व्यवसाय होइन स्वेच्छिक सेवाको रुपमा स्थापित गर्नेछ ।
पुराना शक्तिहरु आम जनताको जीवनका दैनिकीदेखि धेरै विमुख छन् । नयाँ शक्तिले निरन्तर जनतासँग जोडिने र उनीहरुका रोजगारी, शिक्षा, स्वास्थ्य, गास, बास र कपासको आधारभूत आवश्यकतालाई हल गर्ने जनमुखी राजनीति गर्नेछ । जनता र राज्यका अंगहरुको बीचमा नयाँ शक्तिले पुलको काम गर्नेछ । स्वेच्छिक श्रम परिचालन गरेर स्थानीय विकास–निर्माण र सामाजिक र साँस्कृतिक रुपान्तरण अभियान सञ्चालन गर्नेछ ।

यसकारण नयाँ शक्ति पार्टीले समयको परिवर्तन संगसंगै सामाजिक परिवेशमा परिवर्तन आउनु स्वभाविक नै हो । सामाजको परिवेशलाई सुन्दर रुप दिन राजनितिक अवस्था पनि फेरिनु अत्यन्त आवश्यक हो । विगतमा देखिएको राजनितिक नेतृत्वमा परिवर्तन ल्याई समयको मागलाई दुष्टिगत नगरी हिडने हो भने विकासको सपनालाई साकार गर्न नसक्ने अवस्था रहेको छ । परिणाम मधेश लगायत देशभरि नै यूवा नेतृत्वहरू जन्मिए मात्र राजनितिक र सामाजिक चेतना उच्च वनाउन सकिन्छ ।
अब राजनितिमा पनि पुस्ताको अन्तराललाई सन्तुलित गर्ने तथ्यको आवश्यकतालाई महसुश गरेकै कारण मैले पनि विगत मधेशको अधिकारको आन्दोलन देखि लिएर सामाजिक विकासका आधारहरूमा सक्रियरुपमा लागि परेको छु ।

अबको राजनितिक यात्रा जनकपुरको म आफ्नो वडामा नेतृत्व लिन स्थानिय निर्वाचनमा आएको छु । वास्तवमा भन्नु पर्दा अबको स्थानिय निर्वाचन विकाससंग सम्बिन्धित छ । त्यसकारण इमान्दार र शिक्षित यूवा पुस्तालाई ल्याउनुपर्ने देखिन्छ ।
अहिलेको स्थानिय निकाय धेरै अधिकार सम्पन्न भएको अवस्थामा त्यसअनुरुपको व्यक्ति नेतृत्वमा न आउन सक्नु वा न ल्याउन सक्नु अधिकार गुमाउनु सरह हो ।
अन्त्यमा मेरो पहिलो प्राथमिकताको विषय सुक्खा कचरा व्यवस्थापन र भैतिक विकास-निर्माणको लागि पूर्ण समर्पित रहने छु ।
Declaration
*Solid waste Management को सिद्ानत लाई पूर्व झै अझ जोडदार रुपले लागु गरनलाई!
*ब्यवसथित शहरिकरणको Concept लागु गरनेछु!
*सार्वजनिक शौचालय निर्माणम प्राथमिकतामा राखनेछु!
*सीपमूलक तालिम युवा पुस्ताका लागी!
*ब्यवसथित शहरिकरणको Concept लागु गरनेछु!
*सार्वजनिक शौचालय निर्माणम प्राथमिकतामा राखनेछु!
*सीपमूलक तालिम युवा पुस्ताका लागी!
सुमित कर्ण
वडा अध्यक्षको उम्मेदवार,
नयाँ शक्ति, जनकपुर उप–महानगरपालिका – ८
अनुभव ः मनव अधिकारकर्मी, यूवा अभियन्ता, समाजसेवी
वडा अध्यक्षको उम्मेदवार,
नयाँ शक्ति, जनकपुर उप–महानगरपालिका – ८
अनुभव ः मनव अधिकारकर्मी, यूवा अभियन्ता, समाजसेवी
Comments
Post a Comment