युवा नै विकासको सारथी वन्ने - उदय यादव

युवा नै विकासको सारथी वन्ने

मधेशको समस्या शिक्षा र रोजगारीसँग सम्बन्धित छ
युवा नै विकासको सारथी वन्ने आशा छ।
समयको माग र वेगलाई वुझ्ने युवाहरू आज समाजको आवश्यकता हो ।
उदय यादव, मेयरको उम्मेदवार, शहिदनगर नगरपालिका, माओवादी केन्द्र
Nepal News Box
भदौ २५ गते
युवा नै विकासको सारथी वन्ने आशा छ। त्यसमा पनि जुझारु र इमान्दार युवाको खाँचो छ । समयको माग र वेगलाई वुझ्ने युवाहरू आज समाजको आवश्यकता हो । भविष्यलाई आत्मसाथ गर्दै वर्तमानलाई अधिकतम प्रयोग गरि नथद विकासको मुल फुटाउने यूवाको आवश्यकता छ । त्यसैले यस स्थानिय निवार्चनमा उदय यादवले  आफ्नो राजनितीक कदलाई द्रोहो वनाउन र समाजको लक्ष्यलाई आफ्नो लक्ष्य वनाउन आ–आफ्नो उमेदवारी दिएका छन ।

धनुषा जिल्लाको शहिदनगर नगरपालिका मेयरको उम्मेदवार विभिन्न दवाव र असहयोगको सामना गर्दै आशिन २ गते हुने स्थानिय निर्वाचनमा उदय यादवले उम्मेदवारी दिएका छन ।

नेकपा माओवादी केन्द्रको तर्फवाट मेयर पदमा उम्मेदवारी दिनुभएका उदय कुमार यादव वरवरीया सवै भन्दा कान्छा उम्मेदवार रहेको छ । वुवा श्रवण यादव वरवरीया माओवादीमा लागेकाले उहाँलाई सानै उमेर देखि सेना र प्रहरीको कारवाहीबाट जोगीन विभिन्न संघर्षहरू भएर जानुपरेको थियो । जनताको हित र अधिकारको लडाईमा होमिएको परिवारमा जन्मेका उदय यादव वरवरीया बाल्यकाल देखि नै राजनितिसँग परिचित हुनुहुन्छ ।

विधार्थीकाल देखि नै विभिन्न राजनिति, शैक्षिक तथा यूवाहरूलाई अधिकार र सामानताको अभियानमा लाग्न अगुवाई गर्नुभएको थियो । पढाई अवल दर्जाका विधार्थी भएकोले पुलचौक इन्जियरीङ्ग कलेजवाट इन्जियरीङ्ग पढन छात्रवृति पाएका थिए । वुवा श्रवण यादव वरवरीयाको पाइला पछयाउदै उहाँ पूर्णरुपमा देश र जनताको सेवा गर्ने उदेश्यले राजनितिमा पदार्पण नर्गुभएको छ । उहाँ आफ्नै गृह नगर धनुषाको शहिदनगर नगरपालिकावाट मेयर पदमा उम्मेदवारी दिनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “व्यक्तिगत रूपमा मिहिनेत नगरी केही पनि हुन सक्दैन । समाजले, राज्यले वा सहयोगी अन्य व्यक्ति वा संस्थाले बनाइदिने भनेको वातावरण मात्रै हो । व्यक्ति आफैँले आफ्ना लागि मिहिनेत गर्नुपर्छ भन्नेमा युवाहरूले सोच्नुपर्छ ।”
मधेशको समस्या
सामान्यतया मधेशको समस्या शिक्षा र रोजगारीसँग सम्बन्धित छ । मधेशका युवाहरू समान ढंगले शिक्षित हुन पाउँदैनन् । गुणस्तरीय शिक्षा प्राप्त गर्न नपाउनु नै पहिलो समस्या हो । दोस्रो, शिक्षा प्राप्त गरिसकेपछि रोजगारीको अवसर प्राप्त गर्न सक्दैनन् । आफ्नो र समाजको विकासका लागि जुन अवसर युवाले प्राप्त गर्नुपर्ने हो, नेपालमा त्यसको कमी छ ।

त्यसतै आमरूपमा देखिएका यी समस्या समाधानका लागि राज्यले दीर्घकालीन ढंगले उपाय खोजी गर्ने र राज्यका सहयोगी अंगले सोहीअनुसार भूमिका खेल्नुपर्ने देखिन्छ । यसका अलावा अरू कैयौँ समस्या छन् । ग्रामीण युवाका समस्या, सहरका युवाका समस्या, युवा महिलाका समस्या फरक–फरक छन् । वैदेशिक रोजगारीमा युवा पलायनको समस्या देशका लागि ठूलो समस्याको रूपमा रहेको छ ।
विदेशमा मरेतुल्य जीवन बाँचेर फर्कने र युवा उमेर विदेशमा खर्च गर्नुपर्ने डरलाग्ने स्थिति एकातिर छ भने स्वदेशमै भएका युवाले उचित ढंगले रोजगारीको अवसर र रोजगार युवाले उच्चस्तरीय जीवन जिउन नसकेको अवस्था छ । यसकारण बेरोजगारी, अल्पशिक्षा, गुणस्तरहीन शिक्षा, आधुनिक दुनियाँले जुन सीप र प्रविधि अपनाएको छ, सोअनुसार हुन नसक्नु मधेशको समस्या हुन् ।

मधेशको युवाले कसरी सोच्नुपर्छ
युवाले सोचाइमै परिवर्तन गर्नुपर्छ ।
अरूको देखासिखी गर्ने र अरूको पछि मात्रै लाग्ने, सतही कुरामा बढी आकर्षित हुने, कुनै सफल व्यक्तिको अनुकरणमा बढी जोड दिने, तर त्यो सफलताको पछाडि के कारण छ भनेर गहिरो अध्ययन नगर्ने, हरेक व्यक्तिको सफलताको पछाडि आफ्नै मौलिक कारण हुन्छ भन्ने नबुझ्ने समस्या छन् ।
समाजले, राज्यले वा सहयोगी अन्य व्यक्ति वा संस्थाले बनाइदिने भनेको वातावरण मात्रै हो । व्यक्ति आफैँले आफ्ना लागि मिहिनेत गर्नुपर्छ भन्नेमा युवाले सोच्नुपर्छ । र, आफूसँग भएका सीमित स्रोत, साधन र अवसरको अधिकतम प्रयोग गर्ने्तिर ध्यान दिनुपर्छ । त्यसकारण युवाले आफ्नो स्रोत, साधन, सीपको प्रयोग गर्ने, अरूको देखासिखी नगर्ने र व्यक्तिगत रूपमा मैले मिहिनेत गर्नुपर्छ, त्यसपछि जीवनमा रूपान्तरण ल्याउन सकिन्छ भनेर सोच्नुपर्छ ।

युवाले अगुवाई गर्नु पर्छ वलिदान मात्रै होइन
राणाशासनविरुद्धको आन्दोलन होस् या पञ्चायत, शाही शासनविरुद्धकै किन नहोस्, युवाले जुन खालको भूमिका निर्वाह गरे, त्यसअनुसारको उपलब्धि युवाले प्राप्त गर्न सकेका छैनन् किनकी नेपालको राजनीतिमा आन्दोलनको वेलामा, निर्वाचनको वेलामा नतिजा आउनुभन्दा पहिला युवाको अत्यधिक प्रयोग हुने, तर युवाको तागतले नजिता प्राप्त गरिसकेपछि उनीहरूको भावनाअनुसार काम नहुने गम्भीर समस्या रहिआएको छ ।
युवालाई उचित स्थान दिन चुक्दा देशले नै मूल्य चुकाइरहेको छ । सिंगो देशको विकास र देशलाई विश्वस्तरको मूलबाटोमा अगाडि बढाएर लाने कुरामा अवरोध खडा गरिरहेको छ ।
राजनीतिमा युवाको भूमिका बढाउने विषय अहिलेको राजनीतिलाई बदल्ने कुरासँग सम्बन्धित छ । विश्वको गतिसँग नेपाललाई पनि दौडाउने कुरासँग त्यसको सम्बन्ध छ । त्यसकारण राजनीतिमा युवालाई उचित स्थान नदिएर मात्रै युवा पछि परेको छैन ।
अन्त्यमा
हामी पनि समाजको हिस्सा हौँ भन्ने ख्याल गरौँ । जहाँसुकै भए पनि आफ्नो समाज र देशका लागि केही न केही योगदान गरौँ । निराश बनेर होइन, सक्रियतापूर्वक पहलकदमी लिएर कुनै पनि प्रतिकूलतालाई परास्त गर्न सक्छु भन्ने आँट लिएर काम गरौँ ।
हामी सबैको भविष्य उज्ज्वल छ । राजनीतिबारे जुन खालको अफवाह छ । फोहोरी खेलको रूपमा जसरी व्याख्या गरिएको छ । त्यसले राजनीतिको माथिल्लो तप्कालाई नै बलियो बनाइराखेको छ । त्यसकारण सक्रिय युवाले नेतृत्व लिने होडबाजी गरौँ । र नेतृत्व लिएर समाजको रूपान्तरण गर्न योगदान गरौँ । राजनीतिलाई बुझौँ र बदल्नुस् ।

Comments

Popular posts from this blog

कसरी बाइबलीय व्यावहारिक सहायता र आशा दिने

The Speech of the Prime Minister of Israel Benjamin Netanyahu

Catch The Little Foxes