बिल गेट्सको अनुभवः मानिस किन असफल हुन्छ ?
बिल गेट्सको अनुभवः मानिस किन असफल हुन्छ ?
अपवादबाहेक मानिसहरू कसरी सफल बन्ने भन्ने सोच्छन् । नाम र दाम दुवै कमाएर समाजमा प्रतिष्ठित जीवन जिउने सपना सबैको हुन्छ । तर, थोरैले मात्र आफ्नो सपना पूरा गर्न सक्छन् । जसले समस्या पहिल्याउन सक्छ, उसैले मात्र सफलता चुमेको इतिहास छ । मानिस किन असफल हुन्छ त ? बिल गेट्सको अनुभवः
डर: व्यापार सुरु गर्नुभन्दा अगाडि नै मनमा पस्ने डर हो यो । मानिसको मनमा कहाँबाट व्यापार सुरु गर्ने होला भन्ने डर हुन्छ र यसैले तपाईंलाई अगाडि बढ्न रोकिदिन्छ । यस्तै द्विविधाका कारण अधिकांश मानिस आफ्नो बिजिनेस आइडियालाई मूर्तरूप नै दिन पाइरहेका हुँदैनन् । कारोबार सुरु गर्नुभन्दा अगाडि नै धेरै मानिस डराउने चिज हो यो । अर्थात्, अधिकांश मानिसले जेको कारोबार सुरु गर्न लागेका छन्, आफू त्यसको जानकार होइन भनेर मन सानो बनाउँछन् र अगाडि बढ्नबाट डराउँछन् । आफू जेको व्यापार गर्ने योजनामा हुन्छन्, त्यसको आफू जानकार नभएको भन्दै डराउँछन् ।
लगानी नजुट्ने पिर: कारोबार सुरु गरेपछि सबैभन्दा ठूलो डर लगानीको हुन्छ । कैयौँपटक मानिस यही डरका कारण अगाडि बढिसकेको आफ्नो पाइलालाई रोक्छन् र उल्टो पछाडि हिँड्न थाल्छन् । जो व्यक्ति यसरी आत्तिन्छन्, उनीहरूले सफलता चुम्न सक्दैनन् । लगानी जुटिहाले पनि कतै डुब्ने पो हो कि भन्ने सोचाइले सम्भावना भएको कामबाट पनि मानिस पछाडि हट्न बाध्य हुन्छ । र, नयाँपन दिने गरी सोचेको व्यापार–व्यवसाय पनि अगाडि बढाउन सक्दैन ।
अनावश्यक आशंका: सन्की पो भन्ने हुन् कि ? भन्ने आशंकाले मानिसलाई सफलता हात पार्नबाट रोक्न सक्छ । कतिपय मानिसलाई मनमा यस्तो पनि डर हुन्छ कि, आफूले नयाँ खालको व्यवसाय सुरु गर्दा अरुले कुरा काट्ने हुन् कि ? कतै पागल, सन्की पो भन्छन् कि ? अरूले के भन्ला भनेर सोचिरहने व्यक्तिले जीवनमा प्रगति गर्न सक्दैन ।
हीनताबोध: अनुभव, लम्बाइ, लिंग र छालाको रंगसँग जोडिएर कसैले हीनताबोध गर्छ भने उसले जिन्दगीमा प्रगति गर्न सक्दैन । व्यवसायी बन्ने तीव्र इच्छा भएका मानिसलाई लाग्ने अनुभव नभएको डर जति हानिकारक छ, त्योभन्दा बढी आफ्नो उचाइ, लिंग र छालाको रंगको कारण छ । यहीकारण मानिस व्यवसायमा हात हाल्न डराउने गरेको पाइन्छ । जसका कारण राम्रो सेवा र गुणस्तरीय प्रोडक्ट बजारमा लैजानबाट पछि हट्छन् । व्यवसायका लागि सेवा तथा प्रोडक्ट नै गुणस्तरीय हुन आवश्यक छ भन्ने कुरा उनीहरूले बिर्सन्छन् ।
एेजेन्सी,
Nayapatriak
Comments
Post a Comment