प्रेरक प्रसंग: महाकवि देवकोटाको मानवता
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो उत्कृष्ट कविता, निबन्ध, खण्डकाव्य र महाकाव्यका लागि जति चर्चित छन्, मानवसेवाका लागि पनि उनी उत्तिकै परिचित छन् । देवकोटा अत्यन्तै दयालु स्वभावका थिए । उनी अरूको दुःख पटक्कै देख्न सक्दैनथे । अरूको दुःखलाई आफ्नोभन्दा पनि बढी महत्व दिने स्वभावले गर्दा देवकोटा मानवतावादी व्यक्तिका रूपमा समेत प्रतिष्ठित छन् ।
एकपटक महाकवि देवकोटा कार्यालयबाट घर फर्किंदै थिए । सोही दिन उनले तलब पनि थापेका थिए । उनी मनमनै सो तलब कसरी खर्च गर्ने, के–कस्ता अत्यन्त जरुरी काम सम्पन्न गर्ने, कस–कसको ऋण तिर्ने, कुन–कुन छोराछोरीको शुल्क तिर्नेजस्तो योजनामा गम्दै हि“डिरहेका थिए ।
उनले बाटामा उनीतिरै हात पसारेर मागिरहेका एक भिखारी देखे । उनले यसो कोटको खल्तीमा हात घुसारे । त्यहाँबाट निकालेर केही रकम ती दीनहीन भिखारीको हातमा राखिदिए । भिखारीले उनलाई आशीर्वाद दियो । देवकोटा एउटा दुःखीलाई सहयोग गर्न पाएकोमा दंग पर्दै अघि बढे । अलि पर नपुग्दै उनले अर्काे भिखारीलाई त्यसैगरी हात थापिरहेका देखे । उनले ती भिखारीलाई पनि निराश पारेनन् । केही रकम हातमा राखिदिए । यसैगरी जाँदाजाँदै घर नपुग्दै उनले तलबमा थापेको रकम सबै सकियो । तैपनि बाटामा भिख माग्ने मानिस भेटिइरहेका थिए ।
आफूसित भएको रकम सकिएर तिनलाई सहयोग गर्न नपाएकोमा देवकोटा खिन्न हुँदै अघि बढ्दै थिए । अचानक बाटामा जाडोले थुरथुर काम्दै गरेका एक भिखारीलाई उनले परैबाट देखे । तिनको शरीरमा लुगाको नाममा सामान्य धरोसम्म थिएन । एउटा सानो लगौँटीले उनी मुस्किलले आफ्नो लाज ढाक्ने असफल प्रयत्नसम्म गरिरहेका थिए । तिनको दुःख देख्दा देवकोटाका आँखा रसाए । उनले आफूले लगाइरहेको कस्मिराको कोट फुकालेर कामिरहेका तिनै भिखारीलाई लगाइदिए र आफूचाहिँ मन्द मुस्कानसाथ काखीमुनि दुवै हात घुसारेर हिउँदे चिसोको अनुभव गर्दै घरतिर लागे ।
nayapatrika
एकपटक महाकवि देवकोटा कार्यालयबाट घर फर्किंदै थिए । सोही दिन उनले तलब पनि थापेका थिए । उनी मनमनै सो तलब कसरी खर्च गर्ने, के–कस्ता अत्यन्त जरुरी काम सम्पन्न गर्ने, कस–कसको ऋण तिर्ने, कुन–कुन छोराछोरीको शुल्क तिर्नेजस्तो योजनामा गम्दै हि“डिरहेका थिए ।

आफूसित भएको रकम सकिएर तिनलाई सहयोग गर्न नपाएकोमा देवकोटा खिन्न हुँदै अघि बढ्दै थिए । अचानक बाटामा जाडोले थुरथुर काम्दै गरेका एक भिखारीलाई उनले परैबाट देखे । तिनको शरीरमा लुगाको नाममा सामान्य धरोसम्म थिएन । एउटा सानो लगौँटीले उनी मुस्किलले आफ्नो लाज ढाक्ने असफल प्रयत्नसम्म गरिरहेका थिए । तिनको दुःख देख्दा देवकोटाका आँखा रसाए । उनले आफूले लगाइरहेको कस्मिराको कोट फुकालेर कामिरहेका तिनै भिखारीलाई लगाइदिए र आफूचाहिँ मन्द मुस्कानसाथ काखीमुनि दुवै हात घुसारेर हिउँदे चिसोको अनुभव गर्दै घरतिर लागे ।
nayapatrika
Comments
Post a Comment