धर्म र जात' नामको भाइरस

एउटा गिद्धको बच्चाले भनेछ - बुवा आज मलाई मान्छेको मासु खान मन लागेको छ ।
गिद्धले भनेछ - "हुन्छ बाबु ! म बेलुका लिएर आउँछु ।" यति भनेर ऊ उड्यो र सुँगुरको मासु लिएर आयो । बच्चाले भन्यो - "यो त सुँगुरको मासु हो, मलाई त मान्छेको मासु चाहिन्छ ।"
गिद्धले भन्यो - "पर्खि ! म बेलुकासम्ममा बन्दोबस्त गर्छु ।" फेरि यति भनेर ऊ उड्यो र मरेको गाईको मासु लिएर आयो । बच्चाले भन्यो - "यो त गाईको मासु हो, मलाई त मान्छेको मासु चाहिन्छ ।"
गिद्ध उड्यो र उसले सुँगुरको मासु मस्जिदको छेउमा अनि गाईको मासु मन्दिरको छेउमा लगेर फ्याँकिदियो । केही समयपछि त्यहाँ मान्छेका लाशहरू भेटिए र गिद्धका बाउछोरा मिलेर अघाउँजी मान्छेको मासु खाए ।
गिद्धको बच्चालाई यो कुरा अचम्म लाग्यो र उसले बाउलाई सोध्यो - "यो सब चमत्कार तपाईंले कसरी गर्नुभो ? यति धेरै मान्छेको मासु ?" गिद्धले भनेछ - "छोरा ! मान्छे दुनिँयाको सबैभन्दा विकसित प्राणी हो तर यही मान्छेहरूमा केही धुर्तहरूले आफ्नो स्वार्थका लागि 'धर्म र जात' नामको भाइरस फैलाएका छन् । अनि यही धर्म र जातको आडमा बुद्धिमान् भनाउँदाहरू मर्न र मार्न तयार हुन्छन् । धन्य नानी ! हाम्रो कुनै धर्म र जात छैन... त्यसैले तँ मज्जाले मासु मात्र खा !
त्यसैले बाहुन हुन् कि मंगोलियन हुन् कि दलित हरेक कुरामा जात र धर्म घुसाउनेहरूको उद्देश्य केवल घृणा फैलाउनु मात्र हो । यिनीहरूलाई कलासँग हैन केवल आफ्नो भीडसँग मात्र मतलब छ ।
यस्ता केही गिद्धहरूले मान्छेको मासु खान कलाको मन्दिर/मस्जिदमा गाईको मासु र सुँगुरको मासु फालेर मान्छेहरूलाई आपसमा लडाउने चेष्टा गरिरहेका छन् ।
काश मान्छे न कुनै धर्म, जात र रंगमा बाडिन्थ्यो... मान्छे मान्छे मात्र भइदिए कसको के बिग्रिथ्यो ? यो सब देख्न र सुन्न त पर्दैनथ्यो ।
#copied

Comments

  1. Man under sin is the good servent of Satan and works for the destruction of Humanity.so the whole world is under the grips of the Satan. Everywhere loveless acts. In family, in society, in locality, in the nation and in the universe, there are violence, attracts, robbery, and so on and so forth.
    No hope is left in the hand of individual and society. What will you do, friends?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

कसरी बाइबलीय व्यावहारिक सहायता र आशा दिने

Catch The Little Foxes

The Speech of the Prime Minister of Israel Benjamin Netanyahu