अगुवाहरूमा हुनुपर्ने आठ मूल्य–मान्यताहरू



अगुवाहरूमा हुनुपर्ने आठ मूल्य–मान्यताहरू




विश्वभरिको अनुसन्धान अनुसार प्रभावकारी इसाई नेतृत्वको लागि आठ वटा मूल कुराहरू अपरिहार्य हुन्छन् । ती मूल्य–मान्यताहरूले अगुवापनको जग बसाल्ने काम गर्दछ ।




१ ः परमेश्वरसँगको घनिष्टता




परमेश्वरले उहाँसँगको घनिष्ट सम्बन्धद्धारा अगुवाइ गर्ने समर्पित पुरुष तथा महिलाको खोजी गर्नु हुन्छ ।




√ बाइबलीय जग ः रोमी ८ ः १५




किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौं, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौं । यसैले हामी परमेश्वरलाई “अब्बा”,“पिता” भनेर पुकार्दछौ ।




संसारलाई आत्मिक जीवनमा गहिरिएका मानिसहरूको खाँचो छ । परमेश्वरसँग साँचो घनिष्टता लामो समयसम्मको जानिजानि गरेको प्रयास र अनुशासनद्वारा विकास हुन्छ, जब तपाईंको सम्बन्ध उहाँसँग अझ गहिरो हुन्छ ।




परमेश्वरसँग अझ घनिष्ट सम्बन्ध विकसित गर्न तपाईंले के गर्नु पर्ने जरुरी छ ?




२ ः कटनीको निम्ति उत्कट इच्छा




परमेश्वरले ख्रिष्ट बिना हराएकाहरु प्रति दया देखाउने पुरुष तथा महिलाको खोजी गर्नुहुन्छ । येशू प्रभु हराएकाहरुलाई खोज्न र उद्धार गर्न आउनुभयो । परमेश्वर सुसमाचारको जीवन परिवर्तन गर्ने शक्ति हरेक मानिसकहाँ पुगोस् भन्ने चाहनुहुन्छ ।




√ बाइबलीय जग ः प्रेरित १ ः ८ ; मत्ती ९ ः ३५–३८




प्रेरित १ ः ८ तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउने छौं, र तिमीहरू येरुशलेममा, सारा यहूदियामा, सामारियामा र पृथ्वीको अन्तसम्म मेरो गवाही हुनेछौ । पे्ररित १ ः ८




मत्ती ९ ः ३५–३८ अनि येशू सब शहरहरू र गाउँहरू तिर तिनीहरुका सभाघरहरूमा शिक्षा दिँदै, र राज्यको सुसमाचारको प्रचार गर्दै र हरेक किसिमका रोग र बिमार निर्को पार्दै हिँड्नुभयो । तर भीडहरूलाई देखेर उहाँको हृदय तिनीहरूको निम्ति दयाले भरियो । किनभने तिनीहरू गोठाला नभएका भेडाहरू जस्तै हैरान भई तितर–बितर भएका थिए । तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,“ फसल ता साँच्चि नै प्रशस्त छ , तर खेतालाहरू भने थोरै छन् । यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन् भनेर बिन्ति गर ।”




के तपाई आफै परमेश्वरको राज्यमा अगुवा वन्नसक्नुहुन्छ ?




संसारको प्रमेश्वरले चुन्नु भएको मानिसहरूले परमेश्वरको प्रेममा प्रतिउत्तर दिनु बाँकी नै छ । सबै मानिसहरूकहाँ सुसमाचार नपुगेसम्म कटनीको लागि परिश्रम गरिरहनलाई हाम्रो बोलावट भएको हो ।




महान आज्ञा पुरा गर्न तपाईं ब्यत्तिगत रुपमा कसरी सहभागिता जनाउनु भएको छ –मत्ति २८ः १९,२०?




३ ः दर्शनयुक्त नेतृत्व




परमेश्वरले बाइबल अनुसार आफ्नो दर्शन बाँड्ने, लक्ष्य बनाउने, ख्रिष्टको देहको परिचालन गर्ने साथै ख्रिष्टको निम्ति राष्ट्र–राष्ट्रहरूमा सुसमाचार पुर्याउनको निम्ति बाधा–अड्चनहरुमाथि विजय हुनको निम्ति समर्पित पुरुष तथा महिलाको खोजी गर्नुहुन्छ ।




√ बाइबलीय जग ः हबाकुक २ ः २ , हितोपदेश २९ ः १८




हबाकुक २ ः २ यो प्रकाश पाटिहरुमा प्रष्ट गरी लेख, र समाचारवाहक त्यस सित दौडन सकोस ।




हितोपदेश २९ ः १८ जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू नाश हुनेछन् ।




संसारमा परमेश्वरको दर्शन अनुसारको सेवक अगुवाहरूको खाँचो छ । त्यस्ता अगुवाहरूले लक्ष्य बनाउँदछन्, ख्रीष्टको देहको परिचालन गर्दछन्, साथै सुसमाचारको आवश्यकता पूरा गरेर मानिसहरूलाई खिष्टमा डोर्याउने उद्देश्यले बाधा–अड्चनहरूलाई विजय गर्दछन् ।




के तपाईले आफ्नो जिवनको लागि परमेश्वरको दर्शन÷इच्छा पत्ता लगाउनु भएको छ ? वर्णन गर्नुहोस ?




४ ः साँस्कृतिक रुपमा सान्दर्भिक सुसमाचार कार्य




परमेश्वरले साँस्कृतिक सान्दर्भिकता, संवेदनशीलता तथा शक्तिमा सुसमाचारको लागि जिउने र त्यसैअनुसार सिकाउने मानिसहरूको खोजी गर्नुहुन्छ , जसले गर्दा सुसमाचारको अनन्त सत्यलाई संसारको हरेक सँस्कृतिमा बुझ्न र स्वीकार गर्न सकिने छ ।




√ बाइबलीय जग ः १ कोरिन्थी ९ ः १९–२७ (२२)




केहीलाई बचाउन सकौं भनेर म हर–तरहले सबै मानिसको निम्ति सबै कुरा भएँ ।




सुसमाचारको जीवन परिवर्तन गर्ने शक्तिलाई साँस्कृतिक सान्दर्भिकता सँगसँगै पवित्र आत्माको शक्तिमा बचन र कर्मद्धारा संचार गरिनु पर्दछ । सुसमाचार संसारका जुनसुकै भाषा तथा सँस्कृतिमा पनि उत्तिकै सान्दर्भिक छ ।




तपाईको साँस्कृतिमा परमेश्वरको प्रेम बाँडने उत्तम उपाय के हो ?




५ ः अगुवाहरूको गुणनात्मक बृद्धि




परमेश्वरले चेला बनाउने, उनीहरूलाई प्रशिक्षण दिने साथै अरूलाई प्रभावकारी रुपमा तालिम दिनको निम्ति अगुवाहरूको अगुवा हुनेखालका अगुवाहरूलाई दिग्दर्शन गर्ने पुरुष तथा महिलाको खोजी गर्नुहुन्छ ।




√ बाइबलीय जग ः २ तिमोथी २ ः २




धेरै जना गवाहीहरूका बीचमा तिमीले मबाट सुनेका कुराहरू जुन हुन् तिनै अरुहरूलाई पनि सिकाउन सक्ने बिश्वासी मानिसहरूलाई सुम्पिदेऊ ।







परमेश्वरका मानिसहरूलाई अगुवाइ गर्ने र अन्य अगुवाहरूलाई निर्माण गर्न सक्ने अगुवाहरूको निर्माण गरेर उत्कृष्ट अगुवाहरू गुणनात्मक अगुवा बन्दछन् ।




तपाई वर्तमान पुस्ताको अगुवाहरू विकसित गर्न के गर्दैहुनुहुन्छ ?




६ ः पारिवारिक प्राथमिकता




परमेश्वरले परिवारचाहिँ समाजको निर्माण आधार हो भनेर विश्वास गर्ने र अगुवा उत्पादनको लागि आफ्नो परिवारलाई प्राथमिकतामा राख्ने पुरुष तथा महिलाको खोजी गर्नुुहुन्छ ।




√ बाइबलीय जग ः उत्पत्ति २ स् २४, १ ः २७ –२८, एफिसी ५ ः २२–२६




उत्पत्ति २ स् २४, १ ः २७–२८ यसैकारण मानिसले आफ्ना बाबुलाई रआफ्नी आमालाई छोड्ने छ र आफ्नी पत्नी सँग टाँसिने छ र तिनीहरू एउटै शरीर हुनेछन ।... अनि परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भयो । परमेश्वरकै प्रतिरुपमा उँहाले तिनलाई सृष्टि गर्नु भयो । नर र नारी नै गरी उँहाले तिनीहरूलाई सृष्टि गर्नु भयो । परमेश्वरले तिनीहरूलाई आशिष् दिनु भयो, र तिनीहरूलाई भन्नुभयो, “ फल्दै फुल्दै वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ । समुद्रक। माछाहरू, आकाशका पँक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूाथि अधिकार गर।”




एफिसी ५ ः २२–२६ हरेकले आफूलाई जस्तै आफ्नी पत्निलाई प्रेम गरोस् अनि पत्निले त्यो देखेर आफ्नो पतिलाई आदर गरोस् ।




परमेश्वरले परिवारको स्थापना गर्नुभयो अनि त्यसलाई निरोगी र बलियो पार्नको लागि मार्ग–निर्देशन पनि दिनु भयो । हरेक मानिसले आफ्नो प्रेम र नेतृत्वलाई प्राथमिकता दिनुपर्ने पहिलो स्थान भनेको नै परिवार हो ।




अहिले तपाईको परिवारले कुन ठूलो अवसरहरु र चूनौतिहरुको सामना गरिरहेका छन ?




७ ः भण्डारेपन




परमेश्वरले आफ्नो जीवन तथा सेवाकाइमा रुपैया–पैसा, समय तथा आत्मिक वरदानहरु सम्बन्धी विश्वासयोग्य भण्डारे पुरुष तथा महिलाहरूको खोजी गर्नुहुन्छ , जसले गर्दा मानिसहरू कहाँ सुसमाचार पुगेको होस् ।




√ बाइबलीय जग ः मत्ती २५ ः १४–३० (२३ )




मालिकले उसलाई भन्यो,“ स्याबास, असल र विश्वासयोग्य दास; तँ थोरै कुरामा विश्वासयोग्य भइस, म तँलाई धेरै कुरामा नियुक्त गर्नेछु र तेरो मालिकको आनन्दमा प्रवेश गर्नेछस् ।




परमेश्वरको राज्यको निम्ति उच्चतम प्रभाव हाशिल गर्ने उद्देश्यले परमेश्वरले दिनु भएको दान–वरदानहरूको प्रयोग गर्न अगुवाहरु उत्तरदायी हुन्छन् ।




तपाईले आफ्नो रुपैया–पैसा, समय तथा आत्मिक वरदानहरूलाई पृथ्वीमा परमेश्वरको राज्य ल्याउन अझ प्रभावकारी रुपमा कसरी प्रयोग गर्न सक्नु हुनेछ ?




८ ः इमान्दारिता

परमेश्वरले उहाँ र खिष्टको देहप्रति जिम्मेवार भएर पवित्र जीवन जिउने इमान्दार परुष तथा स्त्रीहरू खोजी गर्नु हुन्छ । इमान्दारिताले परमेश्वरलाई महिमा पुर्याउँछ,, अगुवाहरूलाई लोट्नबाट बचाउँछ साथै बृद्धिको निम्ति उत्साह प्रदान गर्दछ ।




√ बाइबलीय जग ः २ तिमोथी ४ ः १–७ (७)




मैले असल लडन्त लडेको छु , मैले दौड सिध्याएको छु र विश्वासलाई बचाएको छु ।




परमेश्वरले त्यस्ता अगुवाहरू चाहनुहुन्छ,जसले आफ्नो जीवन र सेवाकाइमा उहाँको सेवा गर्ने मात्र नभएर दौड राम्ररी सिध्याएको होस् । इमान्दारिताले अगुवापनको लागि नैतिक अधिकार प्रदान गर्दछ ।




आज तपाईले आफ्नो जीवन र अगुवापन राम्ररी सिध्याउन सुनिश्चित हुन के के गर्नु आवश्यक छ ?




जाँच – १

तपाईको प्ररमेश्वरसँगको घनिष्टता कस्तो छ ?




तल दिइएका वाक्यहरूमा उल्लेखित सत्यताहरु तपाइको जिवनसँग कतिको मेल खान्छन् । वेठिक भए १, अलि ठिक भए २, ठिक–ठिकै भए ३, ठिक भए ४ र पूर्णरुपमा ठिक भए ५ अंक चिन्ह लगाउनुु होस ।




१. म परमेश्वरसँग घनिष्ट सम्बन्ध राखेको छु ।

१ २ ३ ४ ५




२. म ख्रिष्टको दयाले हराइरहेका मानिसहरूसम्म पुग्न बाध्य गराईएको छु ।

१ २ ३ ४ ५




३. म मेरो जिवनको लागि परमेश्वरको उदेश्य र वोलावट पत्ता लगाएको छु र म उहाँको उदेश्य र वोलावटअनुसार बाँचिरहेको छु ।

१ २ ३ ४ ५




४. म मानिसहरूसँग परमेश्वरको प्रेम यस आशामा बाँडने गर्छु कि उनीहरु येशुको चेला हुन सकोस ।

१ २ ३ ४ ५




५. पृथ्वीमा परमेश्वरको राज्य स्थापना गर्न म जानिजानि अरु अगुवाहरू निर्माण र तिनीहरूको विकासमा आफ्नो समय, रुपैंयाँ र वरदानहरूको लगानी गरिरहेको छु ।

१ २ ३ ४ ५




६. म परमेश्वरबाट पाएको सबैखाले बरदानहरुको प्रयोगमा विश्वासयोग्य छु । १ २ ३ ४ ५




७. मेरो जिवन र अगुवापनमा मेरो परिवार नै मेरो प्रथमिकता हो ।

१ २ ३ ४ ५




८. म आफ्नो जिवनको हरेक पक्षमा र अबस्थामा इमान्दार हुन प्रतिबद्ध छु ।

१ २ ३ ४ ५




९. म अरुलाई परमेश्वर चिनाउन मेरो जीवन प्रयोग गरिरहेको छु र ख्रिष्टियन जीवनको आषिशलाई अनुभव गरिरहेको छु ।

१ २ ३ ४ ५




परमेश्वरबाट महान कुराको आशा गर, उहाँको निम्ति महान काम गर्ने कोशिस गर — विलियम केरी



Comments

Post a Comment