गर्भपतन र बाइबल


गर्भपतन वाट स्वास्थ्यलाभ र पुनःस्थापना

गर्भपतन गर्नेहरू अक्सर गहिरो चोट र अत्यधिक लाजको भारले मिचिएको हुन्छन । उनीहरूको “खाल्डो” गहिरो र चौडा हुन्छ किनभने उनीहरू जस्तो दोष, दुःख र दोषको चिन्ता, निराशापन वा आत्माहत्या गर्ने विचारहरू पनि र स्वस्थ्य भावनात्मक र यौन सम्बन्ध विकसित गर्ने आशाको धेरै विषयहरूसँग संधर्ष गर्छन । परमेश्वरको सत्यता वुझन र स्वीकार गर्न यी घाइते महिलाहरूको लागि तुरुन्तै आउन सक्दैन – र मानिसहरू पनि – विगतको बिनाशकारी छनौटहरूको दुःखवाट कमजोर वा पराजित भएको हुन्छ । उनीहरूलाई परमेशवरले दिनुभएको चङगाई प्राप्त गर्नको लागि उनीहरूको दुःखमा सहायता गर्न कोही दयावान व्यक्तिको आवशयकता छन् । कुनै पनि पाप धेरै ठूलो छैन किनकि पापीले ठीक पार्न सक्दैन र परमेश्वरसँगको घनिष्ट सम्बन्धमा ल्याउन सक्दैन । भजन संग्रह ३४ः१८ ले भन्छ...

“चूर्ण हृदय भएकाहरू सबैका नजीक परमप्रभु हुनुहुन्छ, र
निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ ।”

गर्भपतनको परिणमहरू के के छन् ?
गर्भपतन अक्सर गम्भिर भावनात्मक परिणामहरू तिर डोर्याउछ, तापनि कहिलेकाही ढिलो हुन्छ । गर्भपतन पछिको दवाव (पास—एब्क्) एउटा मानसिक आघात पुर्याउने तनावको बिछिप्पतता हो किनकि गर्भपतन पछि धेरै अनुभव र अनुभूतिहरू हुन्छन । गर्भपतन पछिको तनाववाट पीडित महिला आफैलाई असमर्थ पाउन सक्छ.......
— तिनको गर्भपतनमा समावेश दुःखपूर्ण विचारहरूलाई प्रक्रियामा ल्याउनुहोस
— तिनको वच्चाको नोक्सानी प्रति दुःख प्रकट गर्नुहोस
— परमेश्वर र गर्भपतन गर्न निर्णय लिएकाहरूसंग शन्ति कायम राख्नुहोस
— परमेशवरले दिनुभएको तिनको सम्मानलाई बुझनु र स्वीकार गर्नुहोस
“मेरा अर्धमहरूमा म शिरसम्म डुबिसकेको छु,
मैले वोक्न नसक्ने गरी ती बढ़ी गाह्रौं भएका छन् ।”
(भजनसंग्रह ३८ः४)


गर्भपतन पछिको तनाव ( पास—एब्क्)को चरणहरू के के हुन ?
गर्भपतन पछि समान्यता एउटा महिलाले चार चरणहरूको अनुभव गर्दछन । प्रत्येक चरणले  एउटा सुरक्षित स्थानमा राख्ने वा परमेश्वरको अनुग्रहको लागि नजीक पुग्ने एउटा अवसर प्रदान गर्छ । यसकारणले यी चरणहरूको अवधिमा तिनको निर्णयहरूले दासत्वमा वा स्वतन्त्रताको नजीकमा पुग्ने नेतृत्व गर्छ ।

राहत ः
तिनले राहत महसुस गर्छिन जव संकट समाप्त हुन्छ र दवावपूर्ण समस्याहरू लोप भएको छ ।

व्याख्या ः
 अनिश्चियताको अवधि उत्पन्न हुन्छ जव नैतिक दुविधा पुनः देखापर्छ, गर्भपतनको लागि तार्किक व्याख्याको मानसिक पूर्वअभ्यास र वहानाहरूमा परिणत हुदै जान्छ ।
— “म एउटा असल आमा हुदैन थिए । यो राम्रो हो कि यो बच्चा जन्मेको थिएन ।”
— “म त्यो समयमा दुःखी हुन्थेहोला तर म अहिले ठिक छु ।”
— “यो कानुनी हो ......त्यसैले यो निश्चित ठिक छ ।”

दमन ः
 दोष र दुःख अति नै पराजित गरेको देखिन सक्छ किनभने एउटा महिलाले विवरणहरू र दुःखपूर्ण सम्झनाहरू रोक्न सक्छ, तापनि यो विन्दुमा तिनले वास्तवमा गर्भपतन गरेको सत्यलाई विर्सिन्छ ।
— “त्यो हस्यापद छ । किन मेरो स्वास्थको विवरणले गर्भपतन गरेको संकेत गर्नेछ ?”

आक्रोश ः
 समाधान नगरिएको, लुकेको वा दवावमुलक रिस तितोपनामा परिणात हुन्छ जसले एउटा महिलाको परमेश्वरसंग र अरूसंगको सम्बन्धमा अति नै वाधा ल्याउनेछ । प्रत्येक चरणमा परमेश्वरको अनुग्रहलाई लगातार विरोध गरिरहनाले अहिले उनी हिब्रू १२ः१५ यो चेतावनी बिरुद्धमा “तितोपनको जरा” का अनुभव गर्छिन ः “ध्यान देओ, कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि बञ्चित नहोस, ताकि तीतोपनको जरोे उम्रेर आईकन त्यसले फूट नल्याओस, र धेरै जनालाई अशुद्ध नपारोस् ।” उनी र गर्भपतनमा समावेश भएका व्यक्तिहरू तिर लुकेको वा दमनगरिएका रिसले निराशापन र तितोपना उत्पन्न गराउछ । यदि यो रिस अभ्यास नगरेको हो भने उसको परमेश्वरसँग र अरूसंगको आन्तरक्रियामा वाधा आउछ ।
कुन अन्य सुरक्षाको प्रक्रियाहरूलाई उपयोग गर्छन ?

सुरक्षाको प्रक्रियाले डरलाग्दो विचारहरू, भावनाहरू र सम्झनाहरूबाट एउटा व्यक्तिलाई आफैलाई ढाटने तरिका प्रदान गरेर सुरक्षा दिन्छ जव सत्य चाहिँ सामना गर्नको लागि अति नै पिडादायी देखिन्छ । यो भ्रमले स्वतन्त्रतालाई  ढिलो गराउछ किनभने परमेश्वरले कैदीलाई स्वतन्त्र वनाउन सत्यको प्रयोग गर्नुहुन्छ । हामी अत्यधिक सामना गर्नु पर्ने कुरासँग अति नै डराउछौ ।

अस्विकार ः 
अवस्थाको सत्यतालाई स्वीकार गर्न अस्वीकार गर्नु ।
— “म केही गल्ती गरिन, म केही महसुस गर्दिन ।”

वेवास्ता÷उपेक्षा ः
अस्वीकार गरिएको सत्यताहरूको उपेक्षा गर्नु वा बरखास्त गर्नु ।
— “म मण्डली जाने छैन – आइतवार जीवनको पवित्रता हो । मेरो गर्भपतनले मलाई प्रभाव पार्ने छैन, र म यसमा बस्न अस्वीकार गर्छु ।”

क्षतीपूर्ती ः
बल÷शक्तिलाई वढाएर भनेर वास्तविक अथवा काल्पनिक विगार गर्न कोशिश गर्नु ।
— “हामी सबै मानिस हौ.....यो राम्रो कुरा जुन मैले गरेको खराव कुराहरूको लागि बनाउछु ।”
प्रतिक्रिया ः तल घचेटने जुनसुकै भावनाहरूले चिन्तित वनाइरहेको छ र यी भावनाहरूको अवसर आशु साथ ठिक विपरितमा दृढतालाई प्रकट गरिरहन्छ ।
— “म कहिले पनि आफ्नो गर्भपतन गराएको निर्णय प्रति पश्चाताप गरेको छैन । वास्तवमा, गर्भपतनको समयदेखि मेरो जीवनको वर्षहरू मघ्ये उत्तम वर्षहरू भएको छ ।”
डर र चिन्ताको स्वभाविक मानविय प्रतिक्रिया यसको विरोधमा लडनु वा यसबाट भाग्नु हो, नकि यसलाई आत्मसाथ गरेर र परमेश्वरको सहायतामा भएर यसमा हिडनु । त्यो सत्यलाई विश्वास गर्र्न चाहिँ इन्कार, वेवास्ता, छल वा असत्यसँग फेरवदल गरेर अन्धकारमा हिँडछ र रहन्छ । त्यो मात्रलाई क्षमा हुनसक्छ, जो प्रकाशमा ल्याईएको छ । हाम्रो पाप स्वीकार गर्नु र क्षमा मग्नुले हामीलाई स्वतन्त्रताको वाटोमा तानेर ल्याउँछ । यसमा परमेश्वरको उद्देश्य हामीलाई शर्ममा पार्नुहोइन तर आफ्नो प्रेमिलो र क्षमाशील हृदय प्रकट गर्नु हो ।
“परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुदैन ।
उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुला छन,
उहाँलाई नै हामीले लेखा दिनुपर्छ ।”
(हिब्रू ४ः१३)

गर्भपतन पछिको तनाव ( पास—एब्क्) को लक्ष्णहरू के के हुन ?
परमेश्वर चाहनुहुन्छ कि कोही पनि गर्भपतन पछिको तनाव (पास—एब्क्)सँग न बाँचोस, तर उहाँले यसलाई आफुतिर मानिसहरू पिडाबाट राहतको खोजीमा, दोषवाट मुक्तिको खोजीमा, र हृदय तोडने पापको असर र सबै वर्वादीहरू हटाउन तान्नुहुन्छ ।

दोष ः 
एउटा व्यक्ति नैतिक नियम वा परमेश्वरको व्यावस्था तोडेको कारण भारी बोझ बोकेका छन ।

चिन्ता ः 
डरको अवस्था (तनाव, हृदयको ढुकढुकी, पेट बिग्रेको र बिगरिएको सुत्ने तरिका) 

पन्छिने बानीहरु ः
परिस्थिती र बस्तुहरुको स्पष्ट परिचालन गर्ने जुन गर्भपतन सम्झाउने चिन्हहरु छन् (जस्तो कि बच्चालाई नुहाउने झरना वा बच्चाहरु)

मनोवैज्ञानिक चेतना शून्य ः
भावनाहरुलाई नियन्त्रणमा राख्नु (घनिष्ठ सम्बन्धहरु बनाउन र कायम गर्न अस्विकार गर्नु वा नसक्नु )

निराशापन र आत्महत्याको विचारहरु ः 
निरश भावनाहरु, हिनता बोध र आत्महत्या गर्ने विचारहरु ।
पूनः अनुभव गर्नु ः केही निश्चित कारणहरुले गर्भपतनवारे घरि घरि आउने सपनाहरु वा पछिल्लो सम्झनाहरु आउनु (जस्तो कि घर सफा गर्ने यन्त्र वा शिशु विशेष विज्ञापनहरु)

प्रजनन र सम्बन्धको कुराहरु ः 
फेरि गर्भवती हुने विचारले भर्नु, प्रजननको लागि चिन्ताले भर्नु, वर्तमान वा भविष्य बच्चाहरुको सम्बन्धमा रुकावटले भर्नु ।

बचाउको दोष ः
स्वार्थी वा पापी हुन कथित एक विकल्पको लागि प्रायश्चित गर्ने प्रयास गर्नु ।

आफैंलाई दुव्र्यवहार गर्ने बानीहरु ः 
केहिले खानपानमा अव्यवस्थित वा रक्सी वा दुव्र्यवहार गर्ने वस्तुहरुमा व्यस्त हुने बानीको बिकास गर्न सक्छ वा अरुले आफैंलाई दण्ड दिने वा आफैंलाई होच्याउने बानीहरुको बिकास गर्न सक्छ ।

वार्षिक प्रतिक्रिया ः 
गर्भपतनको वार्षिक उत्सवको नजिकमा लक्षणहरु बढेर जान्छ वा गर्भपतन गरिएको बच्चालाई के भयो होला ।

संप्क्षित प्रतिक्रियाशील मानसिकता ः
 वास्तविकतासँगको संक्षिप्त अन्तराल (सामान्यतया गर्भपतनको दुई हप्ता भित्र) र अत्यधिक अवस्थाहरुमा सामान्य अवस्थामा तिब्र गतिमा आउँछ ।
पास (एब्क्)को संघर्षको विनाशकारी प्रभावहरुबाट ती पिडाहरुमा एउटा सफल जीवन बाँच्नु होस । तैपनि, तिनीहरु पूर्ण जीवन प्राप्त गर्न सक्दैनन्, जुन येशूसँगको ठीक सम्बन्धमा मात्र प्राप्त गर्न सकिन्छ ।
“म त तिनीहरुले जीवन पाउन, र त्यो प्रशस्त मात्रामा पाउन भन्ने हेतुले आए”
(यूहन्ना १०ः१०)

कसले गर्भपतन पछिको तनावबाट पिडा भोग्न सक्छ ? 
—    गर्भपतन गर्न दबाबमा रहेको महिलाहरु
—    एउटा कठोर धार्मिक वातावरण भएको घरमा हुर्किएको महिलाहरु
—    बलात्कार गरिएको र गर्भपतन गराउन करकाप वा दबाबमा परेको महिलाहरु
—    गर्भपतन लुकाउनु पर्ने ठाउँबाट हुर्किएको महिलाहरु
—    गर्भपतनको निर्णय गराउनबाट बञ्चित भएका एक पुरुष
—    जसको श्रीमतीले आफ्नो श्रीमान्को इच्छा विपरित गर्भपतन गराएको पुरुषहरु
—    गर्भपतनको निर्णय बारे विरोध जनाउने पुरुषहरु
यद्यपी कमजोर छनौट गरेको भए, परमेश्वरले हामीलाई खोज्नुहुन्छ र उहाँले बारम्बार दोस्रो मौकाहरु हामीलाई दिनुहुन्छ ।

“हराएकालाई म खोज्नेछु, बाटो बिराएकालाई फेला पारेर म ल्याउनेछु । घाइतेलाई म मलहम पट्टि लगाइ दिनेछु, निर्बललाई बलियो पार्नेछ”
(इजकिएल ३४ः१६)

एउटा स्वस्थ सम्बन्ध कायम गर्न धेरै गाह्रो छ, जब कि गर्भपतन पछिको तनावपूर्ण लक्षणहरु अनुभव गरिरहन छ । कोहि बाँच्नको लागि प्रयास गर्नेसँग अरुसँग घनिष्ट सम्बन्ध बनाउनको लागि सिमित भावनात्मक शक्ति हुन्छ ।

सम्बन्धलाई तोडनु ः
 एउटा महिला निराश हुनसक्छ जब एउटा मानिसले गर्भपतन गराउने दबाब दिएर उसको रक्षक हुनु असफल हुन्छ । यदि निर्णय मानिसको इच्छा विपरित भएको थियो भने उसले महसुस गर्छ कि उसले आफ्नो नजन्मेका बच्चालाई बचाउन असफल भयो। किनकि गर्भपतनमा मृत्यू समावेश हुन्छ, सम्बन्धमा यस दबाबले एक्लो महसुस गराउन सक्छ ।

परिवारिक संरचनाको लागि खतरा ः
एकताको भवनालाई यस मृत्यूको निर्णय गर्ने महिलाको कानुनी अधिकारले नाश गरेको छ । महिलाको निर्णयले मानिसको बच्चालाई मार्नुले उसको एउटा रक्षक “पिता” को पहिचानलाई क्षति पुर्याउने कारण हुन सक्छ, जसले उसलाई कमजोर र शक्तिहिन बनाउछ ।

यौन रोग ः 
गर्भपतन पछि महिलाको यौन इच्छाशक्तिमा समान्यता धेरै नै कमी आउछ । तैपनि महिलाको आत्मसम्मान वढाउने आवश्यकताले यौन क्रियाको सामनाको लागि वलपूवर्क उत्तेजनाको  खोजी गर्न सक्छ । मानिसले तत्कालै यौन सम्बन्ध पुनःस्थापना गर्न दबाब दिन सक्छ किनकि उसको साथीले उसलाई अझ उसलाई प्रेम गरिरहेको थाहा पाउछ । यदि महिलाले उसको प्रस्तावलाई विरोध वा इन्कार गर्छिन भने यसले दुर्बलता र असफलताको भावनामा पूर्याउन सक्छ ।

संचार समस्या ः 
आक्रोशको भावनाले उनीहरू दुवैको धनिष्टतामा वाधाको पर्खाल निर्माण गर्ने भावना विकसित हुन सक्छ ।

यी नाकारात्मक प्रतिक्रियाहरू आशा गरिएको हुदैन र यी संलग्नताले उनीहरूलाई काम गर्न तयार पार्न सकेको हुदैन । उत्पन्न वाधालाई उल्लंधन गर्न असम्भव देखिन सक्छ र सम्बन्धको लागि बिनासकारी हुन सक्छ । जब हृदयमा चोट लाग्छ र भावनालाई धुजाधुजा पारियो भने अरूसँगको सम्बन्धहरूलाई स्वस्थ्य वा निको पार्न सकिदैन ।

“मेरो आत्मा मभित्र शिथिल हुन्छ, र मेरो हृदय मभित्रै त्रासित भएको छ ।”
(भजन संग्रह १४३ः४) ।

गर्भपतनमा कुन पक्षले अस्वीकार गर्नेे भूमिका खेल्छ ?
कसैलाई वा गर्भपतनवाट भएको क्षतिको तिस्कारले मानसिकरुपमा समय खरिद गर्न सहायता गर्छ ....जबसम्म अनुभूति हुदैन कि एउटा वच्चाको मृत्यू वास्तवमा भएको छ र पुरूश वा महिला त्यो बच्चाको मृत्यूको लागि धेरै जिम्मेवार छन् । अस्वीकारको स्तरहरूलाई हटाउनु आवश्यक छ, जस्तो कि एउटा प्याज झैं तनाव र दुःखका नम्र, पातलो र पारदर्शि पाप्राहरूलाई जसले अर्को तहमा जानु अघि परिक्षण गर्नु र दुःख प्रकट गर्नु पर्छ ।
गर्भपतन गराएका पुरुश वा स्त्रीबाट इन्कारलाई बाहिर निकाल्ने काम पवित्र आत्माको हो । गर्भपतनबाट चोट खाएकाहरू निरन्तर आफ्नो कठिन स्थानहरूमा गएर फस्ने छन् । यी स्थानहरूलाई “पवित्र भूमि” को रुपमा विचार गरिनु पर्छ । यो त्यो ठाँउ हो जहाँ तिनीहरू आफ्नो जीवनको लागि संघर्ष गरिरहेको महसुस गर्छन र जहाँ तिनीहरूलाई परमेश्वरको अनुग्रह पाउन सहायता गर्न तिनीहरूसंग काँधमा काँध मिलाएर हिडिरहेको थाहा गर्नु आवश्यक छन् ।

तपाई गर्भपतन पछि कसरी निको हुन सक्नुहुन्छ ?
सबै आवश्यक समयहरु यी घटनाचक्रहरुमा स्वस्थ्यलाभको बाटोमा खर्चिनुहोस्, ताकि एकदिन परिवर्तनको बाटोमा पुग्नेछौं, जहाँ राहात र पूर्णताले प्रतिक्षा गर्छ ।

व्यक्तिगत जिम्मेवारी स्वीकार गर्नुहोस् ः 
—    गर्भपतनको लागि अरु मानिस वा अवस्थाहरुलाई दोष लगाउन छोड्नुहोस् ।
—    निर्णय अन्ततः आमाको विकल्प रहेको तथ्यलाई बुझनुहोस्
—    परमेश्वरसँग सहमत हुनुहोस् किनभने गर्भपतन गलत हो ।

“परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुँदैन । उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुला छन् , उहाँलाई नै हामीले लेखा दिनुपर्छ ।”
(हिब्रू ४ः१३)

दुःख पूर्ण सम्झनाहरुलाई ब्यूताउनुहोस÷सम्झनुहोस् ः
—    अस्विकार भएर काम गर्न छनौट गर्नुहोस् ।
—    गर्भपतनको वरिपरिको नकरात्मक भावनाहरुबाट राहत पाउनुहोस् ।
—    एउटा विश्वासयोग्य साथी वा संवेदनशील परामर्शकर्तासँग आफ्नो अनुभवबारे छलफल गर्नुहोस् ।

“मानिसको हृदयमा भएका उद्देश्यहरु गहिरा पानी जस्तैं हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ ।”
(हितोपदेश २० ः५)

रिसलाई स्विकार्नुहोस् ः 
 —    रिस व्यक्त गर्नु ठिक हो भन्ने कुरा सिक्नुहोस् ।
—    तपाई कोसँग रिसाउनु भएको कुरा निर्धारण गर्नुहोस् र किन
—    तपाईले रिसाउनु भएको प्रत्येक व्यक्तिलाई एउटा सुहाउँदो रिसाएको चिठी लेख्नुहोस् (तर त्यो चिठी नपठाउनुहोस्)

“क्रोध गर, तर पाप नगर । घाम अस्ताउन अघि नै तिमीहरुको रिस मरोस् । र दियाबलसलाई मौका नदिओ ।”
(एफिसी ४ ः२६ —२७)

दोष÷लाज लाग्दो विषयहरुलाई सम्बोधन गर्नुहोस् 
—    आफैंलाई धिक्कार्ने भाषाको प्रयोग नगर्नुहोस्
—    आफ्नै प्रति अभद्र व्यवहार गर्न छोडनुहोस्
—    आफूलाई घृणा गर्ने बानीमाथि विजय पाउनुहोस्
—    बाँकी दोषहरुलाई खतम गर्नुहोस् ।

“तब मैले आफ्नो पाप तपाईको सामन्ने स्विकार गरें, र मेरो अधर्म मैले लुकाइनँ । मैले भने, “ म आफ्ना अपराध परमप्रभुको सामुन्ने स्वीकार गर्नेछु ,” र तपाईले मेरो पापको दोष क्षमा गर्नुभयो ।”
(भजनसंग्रह ३२ ः ५)

क्षमा दिन सहमत हुनुहोस् 
—    क्षमा गर्न छान्नुहोस्; यो भावना होइन तर इच्छाले गरिएको काम हो ।
—    तपाई कसलाई क्षमा गर्ने पर्ने आवश्यकतालाई निर्धारण गर्नुहोस् ।
—    तपाईले रिसाएका व्यक्तिलाई क्षमा गरिदिन परमेश्वरसँग एउटा चिठी लेख्नुहोस् ।

“एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक — अर्कालाई क्षमा गर्ने गर । जसरी प्रभुले तिमीहरुलाई क्षमा गर्नुभएका छ , त्यसरी तिमीहरुले पनि क्षमा गर्नुपर्छ ।”
(कलस्सी ३ ः१३)

दुःखलाई स्वीकार्नुहोस
—    गर्भावस्ताको नोक्सानीलाई महसुस गर्नुहोस
—    के तपाई आफ्नो वच्चालाई नाम दिन चहनुहुन्छ भनी महसुस गर्नुहोस किनकि एउटा वास्तविक जीवित

वच्चालाई गर्भपात गर्नुभएको थियो ।
—    तपाई आफ्नो वच्चाको लागि आफ्नो भावनाहरूलाई लेख्नुहोस् ।
—    छोटो स्मृतिसभा आयोजना गर्नुहोस्
—    परमेश्वरको दयालु हातमा आफ्नो बच्चालाई राख्नुहोस् ।
“रुने एउटा समय छ,  र हाँस्ने एउटा समय । शोक गर्ने एउटा समय छ, र नाच्ने एउटा    समय ।”
(उपदेशक ३ः४)

आशा बाँडने एउटा सेवाकाई प्राप्त गर्नु् 
—    यस्तै समान परिस्थितीहरुमा अरुलाई दया देखाउनुहोस्
—    गर्भपतन गर्न विचार गरिरहेकाहरुलाई सल्लाह दिनुहोस्
—    आशा रहित हृदयलाई ख्रीष्टमा अगुवाई गर्ने एउटा ज्योती हुनुहोस् 

“हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर तथा पिता, करुणामय पिता, र सबै सान्त्वनाका परमेश्वरलाई प्रशंसा होस् । उहाँले हामीलाई सबै दुःखमा सान्त्वना दिनुहुन्छ , ताकि हामीले पनि दुःखमा परेकाहरुलाई सान्त्वना दिन सूकौं ।”
(२ कोरिन्थी १ः३—४)

परमेश्वर प्रति तपाईको कृतज्ञताको प्रार्थना
स्वर्गीय पिता,

मेरो बच्चालाई हेरचाह गर्नु भएको लागि तपाईलाई धन्यवाद चढाउँछु, जो तपाईसँग स्वर्गमा जिवित छ । म आफ्नो सारा दोष, दुःख ल्याउँछु र तपाईको पाउँमा तिनीहरुलाई राख्छु । तपाईको कृपालु हृदयबाट म तपाईको पूर्ण क्षमालाई स्वीकार गर्छु । येशू तपाईलाई धन्यवाद किनभने अहिले तपाई मेरो मार्फत तपाई आफ्नो जिवन ममा जिउनुहुन्छ । तपाईले मलाई एउटा नयाँ हृदय दिनुभएको छ र तपाईले मेरो सबै दुःख कष्टहरुलाई निको पार्नु भएको छ । तपाईले मलाई एउटा नयाँ जीवन दिनुुभएको छ, जुन शुद्ध, क्षमा गरिएको र सित्तैमा दिनुभएको जिवन हो । प्रभु तपाईलाई धन्यवाद, तपाईको निशर्त प्रेमको लागि । म आफ्नो जीवन तपाईलाई दिएको छु कि तपाइ आफ्नो इच्छा मेरो जीवनमा गर्नुहोस । म आजदेखि आफैलाई अगुवाई गर्न ममा रहेको ख्रीष्टको आत्मामा भर पर्छु । अरूलाई प्रेम गर्न मलाई अगुवाई गर्नुहोस, जसरी तपाईले मलाई प्रेम गर्नुहुन्छ । उद्धारकर्ताको अमूल्य नाममा म प्रार्थना गर्छु । आमिन ।

तपाईको बचन 
यर्मिया १ः४–५
भजनसंग्रह १३९ः२–४
लूका १५ः२०
प्रेरित ३ः१९
मर्कूस ११ः२५–२६
भजनसंग्रह ३०ः११–१२
२ कोरिन्थी ४ः२
रोमी ८ः१–४
२ कोरिन्थी ५ः१७
यूहन्ना ८ः३१–३६

Comments

Popular posts from this blog

Experimental Religion

The identity of the church

The Hope of This World