जीवनमा परमेश्वरको दर्शन कसरी बुझ्ने ?
दर्शनको जन्म
The Birth of Vision
तपाईंको आफ्नो जीवनमा परमेश्वरको दर्शन कसरी बुझ्ने ?
परमेश्वरले दर्शन बाँड्ने्, लक्ष्यहरु निर्धारण गर्ने, प्रभु येशूको देह परिचालन गर्ने र येशूमा मानिसहरुलाई जित्नको लागि बाधा–बिघ्नहरु पराजित गर्ने पुरुष तथा स्त्रीहरुको खोजी गरिरहनुभएको छ ।
शिक्षण उद्देश्यहरु
प्रभावकारी अगुवापनको निम्ति दर्शनको महत्व र परमेश्वरले बोलवट दिनुभएका अगुवाहरुको हृदयमा दर्शनको प्रादुर्भाव गर्ने परमेश्वरको प्रक्रिया र उहाँको दर्शन खोजी गर्ने चुनौती बुझ्नु ।
परिचय
अन्धा ब्यक्तिको संसार उसको स्पर्शमा सिमित भएको हुन्छ । अज्ञानी ब्यक्तिको संसार उसको ज्ञानमा सिमित हुन्छ । महान ब्यक्तिको संसार उसको दर्शनमा सिमित हुन्छ - ए.पावल होबे ( शंसोधित )
दर्शनको शक्ति
प्रभावकारी अगुवापन दर्शनबाट प्रारम्भ हुन्छ !
“अगुवाबाट दर्शन हटाउनु भनेको उसको मुटु काटेर फालिदिनु जस्तै हो । अगुवालाई सुचारु राख्ने इन्धन भनेको दर्शन हो । दर्शन भनेको कार्यलाई जन्म दिने शक्ति हो । दर्शन भनेको अनुयायीहरुमा दयाको चाहना प्रज्वलित पार्ने आगो हो । दर्शन भनेको मानिसहरुले परमेश्वरप्रति निरन्तर र बलीदानीपूर्ण सेवा गर्नको लागि बर्षदेखि बर्ष हुँदै,दशक देखि दशक हुँदै घनिभूत कार्यलाई कायम गरिराख्ने स्पष्ट बोलावट हो । ” - बिल हाइबल्स, करेजस लिडरशिप,पेज ३१
सत्य–प्रमाणित अगुवाहरुले प्रभावशाली र आकर्षक दर्शन प्रस्तुत गर्दछन् !
दर्शन भनेको के हो ?
दर्शन भनेको दयाको चाहना उत्पन्न गर्ने भविष्यको तस्विर हो । - बिल हाइबल्स
सेवाकाइको दर्शन भनेको परमेश्वरद्वारा आफ्ना चुनिएका जनहरुलाई दिइएको बाञ्छनीय भविष्यको एउटा स्पष्ट मानसिक विम्व हो । र यो परमेश्वर, आफू र परिस्थितिहरुको सटीक बुझाइमा आधारित भएको हुन्छ । - जर्ज बार्ना, द पावर अफ भिजन
भविष्यतिर मानिसहरुलाई डो–याउने स्पष्ट मानसिक तस्वीर नै दर्शन हो । साँचो दर्शनले संवेगलाई उत्तेजित पार्दछ । कुनै पनि कुरा वास्तविक रुपमा दृश्यमान हुनुअघि देख्नु नै दर्शन हो । पवित्र आत्माको शक्तिद्धारा परमेश्वरले इसाई अगुवाहरुलाई दृश्यमान नभएको कुरालाई दृश्यमान तुल्याउनको लागि दर्शन दिनुहुनुहुन्छ ।
दर्शन कस्तो हुन्छ त ? तीन दृष्टान्तहरु
१ः दर्शन चीलको आँखा जस्तै हो ।
चीलले अन्य प्राणीलेभन्दा धेरै टाढाको कुरा देख्दछ । दर्शन भएका अगुवाहरुले भौतिक मानसिकता भन्दा परको कुरा देख्दछन् । अनि ख्रीष्टको निम्ति प्रेरितीय भिन्नता उत्पन्न गर्ने मिशनको परिकल्पना गर्दछन् ।
२ः दर्शन Magnifying Glass जस्तै हो ।
Magnifying Glass ले कुनै पनि वस्तुको आकारलाई अझ ठूलो र फराकिलो पारेर देखाउँदछ । परमेश्वरबाटको दर्शनले अगुवालाई अझ स्पष्ट र केन्द्रित भएर देख्न संभव तुल्याउँछ ।
३ः दर्शन नदीको किनारजस्तै हो ।
नदीको किनारले पानीको वहावलाई दिशा प्रदान गर्दछ । दर्शनले मार्ग–निर्देशन प्रदान गर्दछ अनि परमेश्वरले हामीलाई डो¥याउन चाहनुभएको दिशातिर गइरहन मद्दत गर्दछ ।
दर्शनका फाइदाहरु
दर्शनले कमसेकम ९ वटा निम्न सकारात्मक फाइदाहरु छन् :
उद्देश्य स्पष्ट पार्दछ ।
स्पष्ट प्राथमिकता स्थापित गर्दछ ।
उत्कृष्ट स्तर निर्धारण गर्दछ ।
आशामा प्रेरणा थप्दछ ।
समर्पणतालाई उत्प्रेरित गर्दछ ।
उत्पादकत्वको अभिबृद्धि गर्दछ ।
क्षीतिज फराकिलो पार्दछ ।
दयाको चाहनामा इन्धनमा थप्छ ।
र, तपाईंको आफ्नो अन्तरनिहित सामर्थमा पुग्नलाई ँयअगक प्रदान गर्दछ ।
दर्शनको प्रादुर्भाव : नेहम्याहबाट शिक्षा
नहेम्याहको पुस्तकमा भएको कथाचाहिँ परमेश्वरका दासहरुको हृदयमा उहाँबाटको दर्शन जन्मने प्रव्रिmया बुझ्नलाई सहायता गर्ने एउटा नमूना हो ।
जहाँ दर्शन छैन, मानिसहरु नाश हुन्छन् । - हितोपदेश २९ः१८ के.जे.भी.
विनादर्शन मानिसहरु छाडा हुन्छन् । उनीहरु जताभावी जान सक्छन् । -जोन ई.हाग्गाई
ऐतिहासिक पृष्ठभूमि र परिस्थिति
सुलेमानको मृत्युपछि परमेश्वरले इस्रायलीहरुलाई उनीहरुको मूर्तिपूजा र पाप बिरुद्ध न्याय गर्नुभयो । ५८६ ख्रीष्टपूर्वसम्ममा इस्रायलका बाह्र कूलहरु अस्तित्वमा रहेनन् ।
राजा नबुकदनेशरको मातहतमा बेबीलोनीहरुले येरुशलेम शहरलाई कब्जा गरे, परमेश्वरको भवन ( मन्दिर ) लाई जलाएर नाश पारे, सुरक्षाका पर्खालहरु भत्काए, बहुमूल्य वस्तुहरु भएको शहर विनाश पारे र राष्ट्रिय खजानाहरु चोरेर लगे ।
यहूदीहरुलाई कब्जामा लिएर दासव्वमा रहन बाध्य तुल्याइयो । उनीहरुलाई १४०० किलो मिटर कुदाइयो । भजनसंग्रह १३७ त्यही समयमा लेखिएको थियो,“ विरानो मूलुकमा हामीले परमप्रभुको गीत कसरी गाउँन सक्छौं र ? ”
७० वर्षसम्म येहूदीहरु कैदमा रहे अनि त्यसपछि परमेश्वरले तीनजना मानिसहरुबाट येरुशलेमलाई पुनःस्थापन गर्न शुरु गर्नुभयो ...
येरुबाबेल ः परमेश्वरको भवनको पुनःनिर्माण
एज्राः आराधनाको पुनःस्थापना ( ८० बर्षपछि )
नहेम्याहः पर्खाल पुनःनिर्माण ( १३ बर्षपछि )
नहेम्याहको पुस्तकले शुरुमै नहेम्याह राजाको दाख टक्र्याउने ब्यक्ति थिए भनेर बताएको छ । उनले त्यस समयमा आफ्नो जीवनमा परमेश्वरबाट दर्शन पाउन आँटेका थिए ।
दर्शनको प्रादुर्भावका ६ वटा चरणहरु
परमेश्वरले हामीलाई उद्देश्यको मानिस हुन साथै हाम्रो जीवनमा उहाँले राखिदिनुभएको कारणहरु पछ्याउनको लागि हामीलाई बनाउनुभएको छ । तपाईंले आफ्नो जीवनमा परमेश्वरको दर्शन जुन बेला प्राप्त गर्नुहुन्छ । तपाईले दर्शनलाई आफैमा राखिराख्न सक्नुहुन्न । विस्तारै दर्शनले तपाईंंलाई निम्न कुरातिर लैजान्छः
१ः बीजारोपण हुनु
हकल्याहको छोरा नहेम्याहको विवरण ः बीसौं वर्षको किसलेब महिनामा जब म राजधानी शूशमा थिएँ , तब मेरा दाजुभाइहरुमध्येका एक जना हनानी अरु कोही मानिससँग यहूदाबाट आइपुगे । मैले येरुशलेमको र कैदबाट अरु बाँचेका यहूदीहरुको बिषयमा तिनीहरुसित सोधपुछ गरें । नहेम्याह १ः१–२
एउटा भनाइ छ ,“ साँचो यहूदीहरु जहिलेपनि दुईवटा कुराप्रति चिन्तित रहन्छन्” ः यहूदी मानिसहरु र येरुशलेम शहर ।
नहेम्याहको दुईवटा प्रश्नहरु यीनै कुरामा आधारित थियो ।
तिनीहरुले मलाई भने,“निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरुले साह्रै दुःख र निन्दा सहुनपरिरहेको छ । येरुशलेमको पर्खाल भत्काइएको छ र त्यसका मूल ढोकाहरु आगोले नष्ट पारिएका छन् । नहेम्याह १ः३
तपाईंले भावमय मानव दुर्दशा देख्नुहुन्छ । अनि तपाईंभित्र भएको आत्मिक उत्तेजना जुरमुराउँछ । सुटुक्के तपाईंले पहिलो चरणको अनुभव गर्नुहुुन्छ—त्योचाहिँ बीजारोपण प्रक्रिया हो—अथबा दर्शनको प्रादुर्भाव हो ।
पद ३ चाहिँ नहेम्याहको हृदयमा भएको प्रश्नको उत्तर हो । नहेम्याहले येरुशलेमको बारेमा कुरा सुनेपछि त्यहाँको अवस्था कस्तो रहेछ भनी थहा पाउँछन् । उनी वास्तवमा कहिले पनि येरुशलेम गएका भने थिएनन् तर उनले मन–मनै नै त्यस शहरलाई देखिसकेका थिए । उनले मानिसहरु डर र अनिश्चित भएर जिइरहेको कुरा देख्न सकेको थिए । उनले भत्किएको पर्खाल देख्न सके । उनमा भावनाहरु उर्लेर आएका थिए ।
२ः आवश्यकताको अनुभूति गर्नु
मैले ती कुराहरु सुनेपछि म बसेर रोएँ । नहेम्याह १ः४क
सर्बप्रथम तपाईंले आवश्यकता देख्नुहुन्छ । त्यसपछि तपाईंले आवश्यकताको अनुभूति गर्न थाल्नुहुन्छ । अब तपाईंले आफ्नो हृदय उद्देश्यसहित खोल्न शुरु गर्नुहुनेछ र उनीहरुको आवश्यकतालाई अन्तरमनमा राख्नुहुनेछ । उनीहरुको आवश्यकता तपाईंको आफ्नै आवश्यकता बन्नेछ । दर्शनको बीऊ तपाईंभित्र हुर्कन थाल्नेछ । ती बीऊहरु भनेको अरुहरुका वास्तविक आवश्यकता हुन् ।
प्रत्येक ब्यक्तिले धेरै बीऊहरु देख्दछ तर कहिलेकाहिँ त्यस बीऊले तपाईंको हृदयमा एक प्रकारको शक्तिलाई जन्म दिएको हुन्छ । त्यो बीऊ तपाईंमा बढ्दै गएपछि तपाईं जहाँ गए तापनि त्यसले तपाईंलाई पछ्याइरहन्छ । भन्नुपर्दा, निश्चित आवश्यकता र परमेश्वरले तपाईंलाई बनाउनुभएको तरिकाबीचमा हुने यो एउटा रसायनिक प्रतिक्रिया हो ।
समाचारले नहेम्याहलाई गहिरोरुपमा प्रभावित पा–यो । उसले सुन्न चाहेको कुराभन्दा यो एकदमै विरपरित कुरा थियो । यसले उसलाई भावनात्मकरुपमा असर पा–यो । उ बसेर रोयो । येरुशलेम र मानिसहरुले भोगिरहेका दुर्दशाले उसको हृदय छिया–छिया भयो ।
प्रश्नः तपाईहरु सबैले सहनै नसक्ने अति पीडादायी, अति विनाशकारी समाचार सुन्नुभएको छ ?
दर्शन भएको अगुवाहरु यी कुरा गर्न तम्तयार हुन्छन्ः जानीबुझी आवश्यकतालाई आफ्नो हृदयमा राख्छन् र , ब्यक्तिगतरुपमा त्यसको पीडा बोध गर्छन् ।
३ः आवश्यकतामा लाग्नु
विलाप गर्दै रहें... नहेम्याह १ः४ ख
आवश्यकताको चेतना तपाईंभित्र सशक्त हुँदैजान्छ । अनूभूतिले तपाईंलाई पछ्याइरहन्छ । वास्तवमा, अनुभूति बढ्दैजान्छ ।
पवित्र आत्माले तपाईंलाई आवश्यकता अनुभूति गरिरहनु भएको हुन्छ । यस्तो कुराको अनुभूति हुन भने समय लाग्न सक्छ ।
आवश्यकताको अनुभूति हुने कुराचाहिँ परमेश्वरले आवश्यकता र तपाईंको हृदय बीचमा गम टाँस्नु भएझैं हो ।
आवश्यकताले तपाईंको हृदय र मनमा जतिजति अर्थ पाउँदैजान्छ,तपाईंले त्यति नै त्यसको चापको अनुभव गर्नुहुनेछ ।
४ः आवश्यकताको बोझ
...र उपवास बसें अनि स्वर्गको परमेश्वरसित प्रार्थना गरें । नहेम्याह १ः४ ग
तपाईं वस्तुगत अवलोकनको सीमारेखाबाट आत्माले चाहेको कुरामा लाग्नुहुनेछ । जे देख्नुभएको छ,त्यसको बिलाप गर्नुहुन्छ । बोझ एकदम गह्रुङ्गो भएर आउँछ अनि तपाईं त्यसबाट उम्कन सक्नुहुन्न । मष्तिस्कको कुनै कुनामा केही त गर्नैपर्छ भन्ने बिचार विधमान रहेको हुन्छ । तपाईंले तस्बिरमा आफ्नो मुहारको झलक पाउन शुरु नभएसम्म तपाईको आफ्नो हृदयमा खोपिएर बसेको मानवीय आवश्यकताको चित्र घरि न घरि देखिरहनु हुन्छ । मैले यो गर्नैपर्छ भनेर तपाईंले सोच्नु हुन्छ ।
बोझले ......
महान दर्शन जन्माउँछ,
दर्शनको निम्ति दयाको चाहना प्रदान गर्दछ ।
५ः मैले यो आवश्यकता पूरा गर्न सक्छु भनेर विश्वास गर्नु ।
तपाईंले सक्नुहुन्छ—तर संभव छ ? तपाईं महत्वपूर्ण घडीमा हुनुहुन्छ । यदि साँचो दर्शन जन्मनको निम्ति संघर्षरत छ भने तपाईंले आवश्यकताको आन्तरिक जबाफदेहिताको विकास गर्नुहुनेछ । मैले केही गर्नुपर्छ भन्ने उत्तरदायित्व र टड्कारो आवश्यकताको तपाईंले अनुभूति गर्नुहुनेछ । परमेश्वरले मलाई केही गर्नको लागि बोलावट दिनुभएको छ भनेर एउटा शान्त– अविरल–निश्चयता तपाईंको बोझभित्र पोको परेर रहेको हुन्छ ।
यसको लागि आज्ञाकारिताको आवश्यकता पर्दछ
विश्वासमा काम गर्नुपर्छ,
परमेश्वरको शक्ति मानिलिनु पर्छ
परमेश्वर र मानिसहरुप्रति तपाईंको जबाफदेहितालाई प्रामाणिक बनाउनु पर्छ ।
६ः आवश्यकता पूरा गर्ने प्रारंभिक कार्य ।
तपाईंको आफ्नो तर्फबाट सायद यो एउटा सानो कार्यमात्र होला । तपाईंले गर्नुभएको कामले धेरै महत्व राख्दछ । तपाईंले आफैं सहभागी हुने कार्य गर्नुपर्छ । अब स्पष्ट भएको छ—तपाईं ब्यक्ति हुनुहुन्छ,यो दर्शन हो,र यो समयचाहिँ काम गर्ने समय हो । त्यसकारणले गर्दा तपाईंलाई पृथ्वीमा राखिएको छ ।
तपाईंले कार्यको निम्ति पाइला चाल्नुहुँदा, एउटा अगुवाले निम्न काम गर्दछ..
दर्शनको शुरुवात गर्दछ
खतरा समावेशी विश्वासको कदम उठाउँछ
ब्यक्तिगत क्षेत्रबाट सार्वजनिक क्षेत्रमा जान्छ
गन्तब्य पूरा गर्ने कुरातिर लम्कन्छ !
निष्कर्ष÷प्रयोग
प्रत्येक अगुवाले तलका दुईवटा प्रश्नहरुको जबाफ दिनुपर्छ
तपाईंको उद्देश्यको के हो ?
तपाईंको दर्शन के हो ?
यदि तपाईंले ती प्रश्नहरुको जबाफ दिन सक्नुभयो भने,त्यसपछि...
तपाईंको जीवन सँधैको लागि परिवर्तन हुने छ ।
दर्शन भएको अगुवापन ः व्यक्तिगत सूचिकरण
तपाईं दर्शन भएको अगुवा हो ?
तलका प्रश्नहरुको उत्तर लेख्दा १ देखि ७ सम्मको अङ्कले मापन गर्नुहोस् ।
१ २ ३ ४ ५ ६ ७
झूट कहिलेकाहिँ सत्य
जुन बोलावटको निम्ति म हुँ, त्यस बोलावटको प्राथमिक आवश्यकताको मैले स्पष्ट बोध गरेकोछु ।
मैले अधिकतम समय मेरो जीवनको मुख्य लक्ष्यको निम्ति विताउने गरेकोछु ।
मेरो जीवनको निम्ति मेरो दर्शनको श्रोत परमेश्वर नै हुनुहुन्छ भन्ने कुरामा म निर्धक्क छु ।
मेरा महान लक्ष्यहरुको बारेमा सोच्दैमा पनि मैले गहिरो र प्रवल संवेगको अनुभव गरेको छु,कहिलेकाहिँ त पीडा नै अनुभव हुन्छ ।
मसँग नजिक रहेका व्यक्तिहरुसँग र मेरो अख्तियारमुनि रहेकाहरुसँग वारम्वार आफ्नो दर्शनको बारेमा बताउने गरेको छु ।
दर्शन देखेअनुसार लक्ष्य प्राप्त गर्नेछु भनेर मलाई पूर्ण आशा छ ।
म मरेर गएपछि पनि संसारमा मेरो दर्शनले गहन प्रभाव छाड्ने छ भनेर मैले आशा लिएको छु ।
अङ्क मापन
४२–४७ ः म एउटा सौर्य अवलोकन गर्ने दूरवीन हुँ ।
३५–४१ः मसँग चीलको झैं दृष्टि छ ।
२८–३४ः मैले केही महत्वपूर्ण कुरा हराएको छु ।
२१–२७ ः म अलिक अदूरदर्शी छु ।
७–२० ः कस्ले बत्ती निभायो ?
आमेन ।
Without vision, you will perish...
ReplyDelete